‘मधेसी र मुस्लिम समुदायको उत्थानका लागि वाम गठबन्धन’

69

नेपालगन्ज-बाँके निर्वाचन क्षेत्र नम्बर ३ का मतदाताले सिमान्तकृत र बहिष्करणमा परेकाहरुको लागि वाम गठबन्धनको विकल्प हुन नसक्ने ठोकुवा गरेका छन् । बाँके निर्वाचन क्षेत्र नं. ३ को खजुराखर्दमा आयोजित सभालाई सम्बोधन गर्दै वाम गठबन्धनका नेताहरु समक्ष स्थानीयले सो कुरा बताएका हुन् ।

उनीहरुले मधेसी र मुस्लिम समुदायको उत्थान र विकासका लागि बाँके क्षेत्र नम्बर ३ मा वाम गठबन्धनको बिकल्प अरु राजनीतिक दल हुन नसक्ने दावी गरेका छन् । बाँकेको जानकी गाउँपालिकाको इन्द्रपुर मानपुरमा आइतबार भएको सभालाई सम्बोधन गर्दै नेताहरुले नेपाली काँग्रेस र मधेसवादी दलहरुकै कारण मधेसले अपेक्षित गतिमा विकासको गति लिन नसकेको बताएका हुन् । कार्यक्रममा प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकायले राजनीतिक स्थायत्वि र विकासका लागि वाम गठबन्धन बनेको बताउदै नेपाली जनताको विकासको चाहना वाम गठबन्धनले मात्रै पुरा गर्न सक्ने बताए ।

प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमले मधेसी र मुस्लिम समुदायको हक अधिकारका लागि वामपन्थी दलहरु स्थापनाकालदेखि नै संघर्षरत रहेको भन्दै मधेसको विकास वाम गठबन्धनको नेतृत्वमा बन्ने केन्द्रीय र प्रदेश सरकारले मात्रै गर्न सक्ने बताए । समानुपातिक उम्मेदवार मञ्जु कोईरालाले मधेसको विकासका लागि बाम गठबन्धनको सरकार आवश्यक भएको बताईन् ।
-सदरलाइन डटकमबाट

Womui
Womui