मतदाताको मन बदल्दै विवेकशीलका उम्मेदवार

108

नेपालगन्ज-चुनावी प्रचार–प्रसारको अन्तिम चरणमा पनि विवेकशील साझा पार्टीले घरदैलो अभियानलाई सक्रिय पारेको छ । घरदैलोमा खटिएका उम्मेदवारले आफ्नो पार्टीप्रति परिवर्तन चाहाने मतदाताको संख्या बढ्दै गएको बताएका छन् । मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक परिवर्तन नहुनुको कारण राम्रोसँग बुझेका मतदाताले विवेकशील साझा पार्टीले पेश गरेका एजेण्डाप्रति धेरै मतदाताको मनसँगै मतपनि फेरिने सम्भावनालाई बलियो बनाएको उम्मेदवारहरु बताउँछन् ।

नेपालगन्जमा घरदैलो गर्दै विवेकशील साझा पार्टीका उम्मेदवार ।

घरदैलोका क्रममा मतदाता सकारात्मक बन्दै गएको पाइएको प्रतिनिधि सभा–२ बाँकेका उम्मेदवार नगेन्द्र कुवँरले बताए । फुलटेक्रास्थित रामनगरमा घरदैलो गरेर उत्साहित भएका कुवँरले भने, ‘ठूला दलले मुलुकलाई छियाछिया पारेको धेरै मतदाताबाट दुखेसो आएको छ, विवेकशीलले मुलुकलाई समृद्धि र विकासतर्फ डो¥याउनु प¥यो भनेर भन्नुहुन्छ, हाम्रो एजेण्डा पनि समृद्ध मुलुकको परिकल्पना हो, त्यसैले उत्साही छौं ।’ प्रदेशसभा–२ ख का उम्मेदवार डाक्टर विनोद कर्णसहित ठूलो संख्यामा विवेकशील साझा पार्टीका नेता तथा कार्यकर्ता चुनावी अभियानका क्रममा घर–घरमा पुगेर मतदातालाई आफ्नो पार्टीको सिद्धान्त बुझाउने काम गरिरहेको पार्टीका जिल्ला संयोजक चिरञ्जीवी शर्माले बताए ।

Womui
Womui