बृद्धा आश्रममा डा. कर्णको निःशूल्क स्वास्थ्य जाँच

55

नेपालगन्ज-बाँके, प्रदेश सभा–२ ख मा विवेकशील साझ पार्टीका उम्मेदवार रहेका डाक्टर विनोद कर्णले नेपालगन्जको निलसागर बृद्धाश्राममा रहेका बिरामीलाई निःशूल्क चेकजाँच गरेका छन् । क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका संयोजक समेत रहेका डाक्टर कर्ण सहितको टोलीले शनिबार नेपालगन्ज उपमहानगरपालिकास्थित आँखा अस्पतालरोड र निलसागर बृद्धाश्राम परिसरको सरसफाई गरी बृद्ध बृद्धालाई फलफुल समेत वितरण गरे ।

उम्मेदवार कर्णले नै सुरुवात गरेको प्रत्येक शनिबारको सरसफई अभियान अन्तर्गत ६७ औं दिनको अवसरमा बिहान आफ्नो घरदैलो कार्यक्रम समेत स्थगित गरी फुलटेक्रा क्षेत्रको सरसफाई गरेका हुन् । निजी क्षेत्रबाट नेपालगन्जमै पहिलो पटक यति लामो समयसम्म सरसफाईको नेतृत्व गरेका प्लाष्टिक सर्जन डाक्टर कर्णको अभियानलाई नेपालगन्जका थुप्रै संस्थाले साथ दिएका छन् । शनिबार नै निलसागर बृद्धाश्रमका बृद्धबृद्धालाई खानाको व्यवस्था समेत क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जले गरेको संयोजक कर्णले बताए । मोहम्मद डेका अवसरमा डाक्टर कर्णले शनिबार मुस्लिम समुदायलाई फलफुल वितरण गरेका थिए ।

Womui
Womui