पाँच वर्षमा पाँच नमुना काम गरेर देखाउँछु : विजय गुप्ता

104

नेपालगन्ज-राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभा-२ बाँकेका उम्मेदवार विजयकुमार गुप्ताले आफु निर्वाचित भएमा पाँच वर्षभित्रमा आफुले पाँच वटा नमुना काम गरेर देखाउने बताएका छन् । नेपालगन्जमा शनिबार बिहान पत्रकार सम्मेलन गरी राष्ट्रिय जनता पार्टीका केन्द्रिय उपाध्यक्ष समेत रहेका गुप्ताले निर्वाचित भएपछि अन्र्तराष्ट्रिय बिमानस्थल निर्माण, डुबान तथा कटान समस्या पूर्ण रुपमा नियन्त्रण, स्मार्ट सिटी निर्माण, प्रादेशिक राजधानी स्थापना र व्यापार व्यवसाय प्रर्वद्धनमा जोड दिने बताए । ‘यो चुनावमा हामीले बाँकेबासीबाट अपार माया पाउनेछौं, यदी बाँकेबासीले साथ दिनुभयो भने पाँच वर्षभित्रमा बाँके जिल्लालाई नमुना योग्य बनाउँछौं,’ उनले भने ।

बाँकेमा अहिले सम्म तीन वटै निर्वाचन क्षेत्रको विकास निर्माणको काम चित्त बुझ्दो नभएको बताउँदै वरिष्ठ अधिवक्ता समेत रहेका उम्मेदवार गुप्ताले यसपटक बाँकेको समग्र विकासका लागी आफुलाई मौका दिन मतदातालाई अपिल गरे । आफु २०४९ सालमा मेयर भएर गरेको कामको मुल्यांकन गर्न आग्रह गरेका छन् । ‘नेपालगन्ज उपमहानगरपालिका क्षेत्र होस्, या क्षेत्र नम्बर १ र ३ को अवस्था होस्, विकास निर्माणको काम सन्तुष्ट हुने लाईक छैन,’ गुप्ताले भने ‘राप्तीपारी बघौडा क्षेत्र त कर्णाली अञ्चल भन्दा विकट छ, २०५१ सालमा प्रेमबहादुर भण्डारीले गाडेका बिद्युतका पोलमा अहिले तार छैन ।’

राप्तीपारी बघौडा क्षेत्रबाट यसअघि चुनाव जितेका संघिय समाजवादी फोरम र नेकपा एमालेले विकासमा कुनै चासो नदिएको उनको आरोप छ । अर्को प्रसंगमा उम्मेदवार गुप्ताले अहिले लोकतन्त्र निकै खतरामा रहेको बताए । वाम गठबन्धनले अवसरवादी चरित्र भएका उम्मेदवारलाई बोकेर हिडिरहेको बताउँदै उम्मेदवार गुप्ताले भने, ‘त्यस्ता अवसरवादी चरित्र बोकेका व्यक्तिलाई जनताले विचार पु¥याउनुपर्छ ।’ वाम गठबन्धनका उम्मेदवार पशुपति दयाल मिश्रतर्फ संकेत गर्दै गुप्ताले यस्तो बताएका हुन् । उनले भने, ‘लोकतन्त्रलाई खतरा हुनबाट जोगाउन लोकतन्त्रवादी शक्ति एकजुट हुनुपर्छ, म पनि लोकतन्त्र प्राप्तीका लागी जेल बसेको व्यक्ति भएको हुनाले मलाई लोकतन्त्र खतरामा पर्ने चिन्ता धेरै छ ।’

Womui
Womui