रञ्जुले तताईन् चुनावी माहोल

40

नेपालगन्ज-विवेकशील साझा पार्टीले शुक्रबार बाँकेका दुई वटा निर्वाचन क्षेत्रमा चुनावी सभा गरेको छ । क्षेत्र नम्वर २ को नेपालगन्ज त्रिभुवन चोक र ३ को खजुरामा चुनावी सभा आयोजना गरिएको हो । दुबै सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य रञ्जु दर्शनाले हालसम्म नेतृत्व तहमा पुगेका दलहरुले जनअपेक्षा अनुसार काम नगरेपछि आफुहरु राजनीतिमा आउनु परेको खुलाईन् ।

देशलाई बदल्ने शक्ती बोकेको राजनीतिलाई हालसम्म नेतृत्व गरेका दल र नेताले दुःषित गरेपछि त्यो फोहोर पखाल्न आफुहरु आएको उनको जिकिर थियो । दर्शनाले युवाहरुको मोह विवेकशील साझा पार्टीतर्फ बढ्दै गएको बताउँदै युवाहरुले नेतृत्व गर्न सक्दैनन् भन्ने धारणा गलत भएको बताईन् । रञ्जुले भनिन्, ‘युवाहरुसँग जोश हुन्छ होस् हुँदैन् भन्नु गलत हो, आजका युवाहरु प्रविधिको प्रयोग गर्न पोख्त छन्, सिप छ, जाँगर छ र उनीहरुलाई माटो सुहाउँदो सिद्धान्त के हो भन्ने पनि राम्ररी थाहा छ ।’ विवेकशील साझाले देशको मेरुदण्ड मानिएको युवा शक्तीलाई प्रदेसिनु नपर्ने वातावरण सृजना गरेरै छाड्ने बताईन् । ‘हामी बुढा बाआमा बिस्तरामा पल्टेका बेला औषधी आफ्नै हातले खुवाउन छोरो छेउमै होस् भन्ने चाहन्छौं र त्यो अवस्था ल्याएरै छाड्छौं,’ उनले भनिन् ।

अहिले आएको व्यवस्था विकास र समृद्धिको यात्राका लागि पुर्णतया उपयुक्त भएको तर यसलाई प्रयोग गर्न नसकिएको भन्दै रञ्जुले अब विवेकशील साझा पार्टीको नेतृत्वले सही तरिकाले प्रयोग गर्ने बताईन् ।

Womui
Womui