मतदाताको सर्मथन जुटाउन कँडेलको दौडधुप-फोटो फिचर

72

नेपालगन्ज-प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एकिकृत राप्रपा(राष्ट्रवादी)बाट चुनावी मैदानमा रहेका तेजनारायण कँडेल शुक्रबार पनि मतदाताको समर्थन बटुल्न व्यस्त देखिएका छन् । उनले शुक्रबार नेपालगन्जको वडा नम्बर १८ कारकाँदो क्षेत्रमा घरदैलो गरेका छन् । घरदैलोका क्रममा कारकाँदो क्षेत्रका स्थानीय बासिन्दाले बाटो र बिद्युत पोलको समस्या सुनाएको उम्मेदवार कँडेलले बताए ।

एकिकृत राप्रपा (राष्ट्रवादी) का केन्द्रिय सह–प्रवक्ता समेत रहेका कँडेलले आफु निर्वाचित भएपछि मतदाताले राखेका समस्या समाधानका लागी गम्भिर भएर लाग्ने बताए । उनले भने, ‘मलाई तपाईहरुले चुनावमा भोट दिएर जिताउनुस्, म तपाईको समस्या समाधानका लागी मैले चुनाव जितेको भोलीपल्ट देखी नै पहल थाल्छु ।’ पहेलो बस्त्र र रुद्राक्षको माला पहिरिएर मतदाताको घरदैलोमा पुग्दा अधिकांसले उनको व्यक्तित्वको बारेमा चर्चा गर्ने गरेको पाइएको छ ।

घरदैलोमा प्रतिनिधि सभा–२ का उम्मेदवार कँडेल सहित प्रदेश सभा–२ ‘क’ का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा–२ ‘ख’ का हरदेवबक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह लगायत नेता, कार्यकर्ता सहभागी छन् । उनीहरुले शुक्रबार नै नेपालगन्जको वडा नम्बर १३ बुलबुलिया लगायत क्षेत्रमा पनि घरदैलो गर्ने बताएका छन् । चुनाव प्रचार गर्न तीन दिन मात्र समय पाएका कँडेलले आफ्नो पक्षमा जनलहर ल्याउन निकै सक्रियता देखाएका छन् ।

Womui
Womui