त्रिभुवन चोकमा काँग्रेस र राप्रपाका नेताले के–के भने ?

119

नेपालगन्ज-बाँकेको समग्र विकास र समृद्धिका लागी लोकतान्त्रिक गठबन्धनलाई जिताउन अपिल गरिएको छ । नेपालगन्जमा बिहीबार लोकतान्त्रिक गठबन्धनले गरेको बृहत ‘रोड–शो’ पश्चात त्रिभुवन चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्ने बक्ताले यस्तो अपिल गरेका हुन् । समालाई सम्बोधन गर्दैै नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व महासचिव विष्णु लामिछानेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन यहाँका उद्योगी, व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताए । ‘नेपालगन्जका अधिकांस उद्योगी, व्यवसायीहरु लोकतन्त्रमा विश्वास गर्नुहुन्छ, त्यसकारण उहाँहरुले यो चुनावमा लोकतान्त्रिक गठबन्धनलाई जिताउनु हुनेछ,’ उनले भने ।

नेपालगन्जका उद्योगी, व्यवसायी वाम गठबन्धनको पक्षमा रहेको भनेर गलत प्रचारबाजी भएको भन्दै उनले भने, ‘नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले यसको गलत प्रचारबाजी गर्दै हुनुहुन्छ, त्यसको भ्रममा कोहीपनि उद्योगी, व्यवसायी पर्नेवाला छैनन् ।’ उद्योगी, व्यवसायीको छाता संगठनको रुपमा रहेको संघको नेतृत्वगर्ने व्यक्तिले राजनीतिक दलको चुनावमा ठेक्का लिन खोज्नु अशोभनिय कार्य भएको पुर्वमहासचिव लामिछानेको भनाई छ । उनले थपे, ‘लोकतन्त्रमा विश्वास गर्ने उद्योगी, व्यवसायीहरु भ्रमबाट मुक्त छन् ।’ कोण सभालाई सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका प्रतिनिधी सभा-२ का उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा-२ ‘क’ का काँग्रेसका उम्मेदवार निरन्जनसिंह सिजापति र प्रदेश सभा-२ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमालले रोड शोका क्रममा नेपालगन्जबासीमा देखिएको उत्साहले आफुहरुको जित सुनिश्चित रहेको बताए ।

चुनाव जितेपछि तीनै जनाले नेपालगन्जमा संघिय राजधानी बनाउन, अन्र्तराष्ट्रिय विमानस्थलमा स्तर उन्नती गर्न, बाढी तथा डुबान समस्या समाधान, नेपालगन्जमा स्मार्ट सिटी निर्माण, मुस्लिम छात्राबास स्थापना लगायतको काम गर्ने प्रतिवद्धता जनाए । सो अवसरमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणा र उपमेयर उमा थापामगरले नेपालगन्जको समग्र विकासको लागी लोकतान्त्रिक शक्तिलाई जिताउन अपिल गरे । ‘हामी पनि नेपालगन्जको विकास गर्नकै लागी उपमहानगरपालिकामा आएका हौं, त्यसकारण हामीसँग विचार मिल्ने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचित हुनुपर्छ,’ उनीहरुले भने । नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईरालाले बाँकेको क्षेत्र नम्बर २ सुरु देखी नै प्रजातन्त्र र लोकतन्त्र प्रति आस्था राख्ने जनताको गढ भएको बताउँदै यसपटक पनि लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित देखिएको ठोकुवा गरिन् । ‘मेरो विनम्र अनुरोध छ, वाम गठबन्धनले संविधान र लोकतन्त्रलाई धरापमा पार्न खोजेकाले लोकतान्त्रिक गठबन्धनलाई आफ्नो अमुल्य भोट दिएर विजयी गराउनु होला,’ सभापति कोईरालाले भनिन् ।

नेपालगन्जस्थित बिद्युत प्राधिकरण नजिक रहेको राप्रपाको पार्टी कार्यालयबाट बिहीबार मध्यान्ह सुरु भएको बृहत रोड–शो सदरलाईन, त्रिभुवन चोक, विपी चोक, बीरेन्द्र चोक, सहिद सेतु बिक चोक, घरबारीटोल हुदै पुनः त्रिभुवन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । रोड–शोमा बाँके क्षेत्र नम्बर २ का आफ्ना नेता, कार्यकर्तालाई लोकतान्त्रिक वठबन्धनले सडकमा उतारेको थियो । नेपाली काँग्रेस र राप्रपाका नेता, कार्यकर्ता हात–हातमा झण्डा बोकेर सडकमा उत्रिएपछि निर्वाचनको माहोल काँग्रेस र राप्रपाका उम्मेदवारको पक्षमा केन्द्रित भएको लोकतान्त्रिक गठबन्धनले जनाएको छ । प्रतिनिधी सभा–२ का उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ ‘क’ का उम्मेदवार निरन्जनसिंह सिजापति, प्रदेश सभा-२ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमाल, नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईराला, राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणा, उपमेयर उमा थापामगर, राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटा, विभिन्न वडाबाट निर्वाचित दुबै दलका जनप्रतिनिधी तथा ठुलो संख्यामा उपस्थित नेता, कार्यकर्ताको उत्साहजनक सहभागिताले नेपालगन्जबासीको ध्यान केन्द्रित गराएको थियो ।

लोकतान्त्रिक गठबन्धनको रोड शोमा घरका गृहणी, बृद्धबृद्धा, मजदुरहरु समेत स्वतःस्फुर्त रुपमा सहभागी हुन आएका थिए । यसका साथै धार्मिक तथा सामाजिक सद्भावको पनि रोड शो ले झल्को दिएको छ । ¥यालीमा मधेसी, पहाडी, मुस्लिम, थारु, जनजाती समुदायको पनि सहभागिता रहेको थियो । अधिकांसले काँग्रेस र राप्रपाको चुनाव चिन्ह अंकित झण्डा बोकेर फोटो सेसन समेत गरेको दृश्य देखिन्थ्यो । राप्रपाका केन्द्रिय सदस्य देवकोटाले रोड–शो पार्टीको क्षेत्रीय कार्यसमितिले गरेको निर्धारित कार्यक्रम भएको बताउँदै भने, ‘वाम गठबन्धनले अस्ति गाउँ–गाउँबाट मान्छे ल्याएर शक्ति प्रदेश गरेको देखियो, तर हाम्रो यो कार्यक्रममा क्षेत्र नम्बर २ को नेपालगन्ज र डुडुवा गाउँपालिकाबाट मात्र सहभागी छन्, उत्साहजनक सहभागिताले हाम्रो जित सुनिश्चित गराएको छ ।’ लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ का निर्वाचन परिचालन समितिका संयोजक सुनिलसिंह हमालले काँग्रेस र राप्रपाका उम्मेदवारको पक्षमा जनलहर देखिएपछि विपक्षीहरु अत्तालिएको बताएका छन् । ‘यो हाम्रो कुनै शक्ति प्रर्दशन होईन, यसले नेपाली काँग्रेस र राप्रपाका कार्यकर्ताहरु एक ढिक्का भएको सन्देश दिएको छ ।’

Womui
Womui