विवेकशील घरदैलोमै व्यस्त, भोली रञ्जुको सम्बोधन

155

नेपालगन्ज-विवेकशील साझा पार्टीका तर्फबाट बाँके क्षेत्र नम्वर २ का प्रतिनिधिसभा उम्मेदवार नगेन्द्र कुवँर र प्रदेशसभा–२ ख का उम्मेदवार विनोद कर्णले भेटघाट बढाएका छन् । नेपालगन्जको सल्यानी बाग, बसपार्क र फुलटेक्रा लगायत क्षेत्रमा विवेकशीलका उम्मेदवारले बिहीबार घरदैलो गरेका थिए । अधिकांश मतदाताले आफुहरुलाई न्यायो आतिथ्यता गरेको प्रदेश सभा-२ ख का उम्मेदवार डा. कर्णले बताए ।

पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्रले नेपालगन्ज र कोहलपुरमा आयोजित चुनावी सभालाई सम्वोधन गरेपछि विवेकशील साझा पार्टी प्रतीको जनलहर बढ्दै गएको उनको भनाई छ । यसैबीच विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रञ्जु दर्शनाले शुक्रबार नेपालगन्ज र खजुरामा आयोजित चुनावी सभालाई सम्वोधन गर्ने भएकी छन् ।

पार्टीले शुक्रबार त्रिभुवन चोकमा दिउँसो २ बजे आयोजना गर्ने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला संयोजक चिरञ्जीवी शर्माले जानकारी दिए । खजुरामा पनि रञ्जुले बिहान साढे ११ बजे चुनावी सभालाई सम्बोधन गर्ने बताइएको छ ।

Womui
Womui