वाम गठबन्धनलाई ठुलो झड्का : पुर्व कमाण्डर सहित सयौंले पार्टी छाडे

29

नेपालगन्ज-बाँकेको क्षेत्र नम्बर १ मा वाम गठबन्धनलाई ठुलो झड्का लागेको छ । माओबादी केन्द्रका प्रभावशाली नेताहरु नेपाली काँग्रेसमा प्रवेश गरेपछि उक्त गठबन्धनलाई झड्का लागेको हो । माओबादी केन्द्रका जिल्ला सदस्यहरु नगेन्द्र शर्मा, प्रेमबहादुर थारु(अमृत) माओबादीका पुर्व जनमुक्ति सेना हरिराम थारु लगायत सयौं व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसमा प्रवेश गरेका अधिकांस व्यक्ति माओबादीले आफ्नो आधार क्षेत्र मान्ने राप्तीसोनारी गाउँपालिका-५ बिनौना निवासी हुन् । त्यसक्षेत्रमा आयोजित एक कार्यक्रमका बीच राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम् नेपाली काँग्रेसका पुर्वउपसभापति तथा जिल्ला सदस्य लाहुराम थारु लगायतले नवप्रवेशीलाई रुख चिन्ह प्रदान गरेर पार्टी प्रवेश गराएका थिए ।

नेपाली काँग्रेसमा प्रवेश गरिसकेपछि पुर्वजनमुक्ती सेना थारुले माओबादी पार्टीको आयु अब धेरै नभएको बताए । ‘जुन उद्देश्य बोकेर हजारौं नेपालीका छोराछोरीलाई माओबादीले युद्धमा सहभागी गराएको थियो, अहिले उसले ती सबै कुरालाई बिर्सेर एमाले जस्तो सिद्धान्त विहिन पार्टीसँग कुम जोडेर हिडिरहेको छ, यो माओबादीको सिद्धिने संकेत हो,’ उनले भने । माओबादीको आन्दोलनले देशको परिवर्तन गर्ने भन्दापनि ठुला नेताले व्यक्तिगत स्वार्थ पुरा गर्न पाएको अधिकांसले बताएका छन् ।

लोकतन्त्र रक्षाका लागी आफुहरु नेपाली काँग्रेसमा आएको बताउँदै आउँदो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन उनले सबैलाई आग्रह गरे । माओबादीका प्रभावशाली स्थानीय नेताहरु नेपाली काँग्रेसमा प्रवेश गरेपछि बाँकेको क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट प्रतिनिधी सभा उम्मेदवार महेश्वर जंग गहतराज र प्रदेश सभा–१ ‘क’ का उम्मेदवार कृष्णा केसीलाई ठुलो झड्का लाग्ने स्थानीय स्तरमा चर्चा चलेको छ । क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रतिनिधी सभा उम्मेदवार माधवराम खत्री, प्रदेश सभा–१ ‘क’ मा सरदचन्द्र बर्मा र प्रदेश सभा–१ ‘ख’ मा नारायणप्रसाद गौडेल मैदानमा छन् । चुनाव नजिकिदै गर्दा उक्त क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले आफ्नो माहोल तत्ताईरहेका छन् ।

माओबादी छाडेका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम् नेपाली काँग्रेसका पुर्वउपसभापति लाहुराम थारु ।

Womui
Womui