एराप्रपा उम्मेदवार कँडेललाई ब्रम्हकुमारीको आर्शिवाद

132

नेपालगन्ज-एकिकृत राप्रपा (राष्ट्रवादी) का प्रतिनिधी सभा–२ का सशक्त उम्मेदवार तेजनारायण कँडेललाई ब्रम्हकुमारीले जितको अग्रिम शुभकामना दिएका छन् । नेपालगन्जको ओम शान्तिमार्गमा रहेको ब्रम्हकुमारी ईश्वरीय विश्वबिद्यालयमा रहेका ब्रम्हकुमारीहरुले बिहीबार उम्मेदवार कँडेललाई सहयोग गर्ने प्रतिवद्धता जनाउँदै यसपटक विजयी भएको आफुहरुले हेर्न चाहेको बताए ।

ब्रम्हकुमारी दुर्गा दिदीले एकिकृत राप्रपा(राष्ट्रवादी)ले बोकेको एजेण्डा र विचारमा सहमती जनाउँदै भनिन्, ‘हाम्रो र तपाईहरुको सिद्धान्त लगभग मिल्दो जुल्दो छन्, हामी सबै दिदी बहिनीको साथ तपाईलाई हुनेछ, तपाई विजयी भएको हेर्न चाहेका छौं ।’ ब्रम्हकुमारी ईश्वरी विश्वबिद्यालयमा २ हजार भन्दा बढी ब्रम्हकुमारी आवद्ध छन् । उनीहरु सबैलाई युवा नेता कँडेलको पक्षमा मतदान गर्न आग्रह गर्ने दुर्गा दिदीले प्रतिवद्धता जनाएकी थिईन् । ‘ब्रम्हकुमारी दिदी बहिनीहरुको आर्शिवादले म निकै उत्साहित भएको छु, यसले चुनाव जित्ने आधार खडा भएको छ,’ एकिकृत राप्रपा(राष्ट्रवादी) का केन्द्रिय सह-प्रवक्ता समेत रहेका उम्मेदवार कँडेलले भने ।

 

सो क्रममा उम्मेदवार कँडेलले चुनावी एजेण्डा सहित आफ्ना धारणा राखेका थिए । त्यस अवसरमा करिव ७५ जना ब्रम्हकुमारीहरुको सहभागिता रहेको थियो । प्रतिनिधी सभा–२ का उम्मेदवार कँडेलले बिहीबार नै फुलटेक्रा, डिएसपी रोड लगायत क्षेत्रमा घरदैलो गरेका छन् । उनको साथमा प्रदेश सभा–२ ‘क’ का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा–२ ‘ख’ का हरदेवबक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह लगायत सहभागी छन् ।

Womui
Womui