तलब, भत्ता नलिने उम्मेदवार शाहको घोषणा

50

नेपालगन्ज-नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्वर ३ ख का प्रदेशसभा उम्मेदवार लक्ष्मीनारायण शाहले आफु निर्वाचित भए त्यसबाट पाउने सरकारी तलव भत्ता नलिने घोषणा गरेका छन् । पत्रकारलाई प्रतिक्रिया दिदै शाहले उक्त तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणमा खर्चिने घोषणा गरेका हुन् । भने, ‘म पैंसा कमाउनका लागि उम्मेदवार बनेको होइन्, आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि उम्मेदवार बनेको हुँ ।’

उक्त निर्वाचन क्षेत्रबाट २०६४ सालमा माओवादी केन्द्रका पूर्णाकुमारी सुवेदी र २०७० सालमा एमालेका दलबहादुर सुनारले विजयी हासिल गरेका थिए । सुवेदी उपसभामुख समेत भएकी थिईन् , भने सुनारले राज्यमन्त्रीको जिम्मेवारी निभाएका थिए । ‘सुवेदी र सुनारलाई त्यसक्षेत्रका नागरिकहरुले जिताएर पठाएपनि दुबैले विकासको रेखा समेत कोर्न सक्न ुभएको देखिएन्,’ घरदैलोमा व्यस्त रहेका शाहले भने ‘धुलाम्य सडक, अधुरा पुलपुलेसा देख्दै मन खिन्न हुन्छ ।’

शाहले यिनै समस्या समाधानका लागी आफ्ना चुनावी एजेण्डा अघि सारेको बताएका छन् । यसैबीच प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा ३ ख का उम्मेदवार शाहले बुधबार साविकको गनापुर गाविसमा घरदैलो गरिरहेको प्रचार–प्रसार सचिवालय संयोजक रमेश सिंजालीले बताए । प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारुले बैजानाथ गाउँपालिका वडा नम्बर १ चिसापानीमा घरदैलो गरिरहेको प्रचार–प्रसार संयोजक प्रकाश शाहीले जानकारी दिए । अन्य उम्मेदवार जस्तै आफुहरुले पनि घरदैलोलाई नै बढी प्राथमिकता दिएको कुर्मीको भनाई छ ।

Womui
Womui