काँग्रेस र राप्रपाका उम्मेदवारलाई चुनावी चटारो

89

नेपालगन्ज-मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन आउन ८ दिन बाँकि रहँदा बाँकेमा उम्मेदवारलाई प्रचार–प्रसारको चटारो छ । मतदाताहरुलाई आफ्नो पक्षमा तान्न उम्मेदवारहरुले अन्तिम कसरत थालेका छन् । मतदाता रिझाउन लोकतान्त्रिक गठबन्धनमा रहेका नेपाली काँग्रेस र राप्रपाका उम्मेदवारले पनि घरदैलोलाई प्राथमिकता दिएर प्रचार–प्रसारलाई निकै आक्रामक बनाएका छन् ।

लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेलले बुधबार कोहलपुर नगरपालिका वडा नम्बर ११ मा घरदैलो गर्ने प्रचार–प्रसार सचिवालय संयोजक भुम भण्डारीले जानकारी दिए । ‘मतदाताको घरघरमै गएर भोट मागिरहेका छौं, अरु भन्दा घरदैलो नै प्रभावकारी हुने देखेर यसमै लागेका छौं,’ खत्रीले भने । प्रदेशसभा १ क का उम्मेदवार शरदचन्द्र बर्माले पनि आफूले घरदैलोलाई नै प्राथमिकता दिएर हिंडिरहेको बताए । उनले बुधबार पनि राप्तीसोनारी गाउँपालिकाको वडा नम्वर ७ फत्तेपुरमा घरदैलो गरिरहेको बताए । प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभा २ क का उम्मेदवार निरन्जनसिंह सिंजापतिले पुरैनीमा घरदैलो गरिरहेको राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले जानकारी दिए ।

 

प्रदेशसभा २ ख का उम्मेदवार सुरेन्द्र हमालले पिप्रहवामा घरदैलो गरिरहेको प्रचार–प्रसार संयोजक सुनिलसिंह हमालले बताएका छन् । उम्मेदवार आजाद, सिंजापति र हमालले चुनावी सभा, कोणसभा भन्दापनि मतदाताको घर–घरमा पुग्ने कोसिस गरिरहेको बताए । प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादसा कुर्मी र प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले मंगलबार साविकको गनापुर गाविसमा घरदैलो र कोणसभा गर्ने प्रचारप्रसार सचिवालय संयोजक रमेश सिंजालीले बताए । प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारुले बैजानाथ गाउँपालिका वडा नम्बर १ चिसापानीमा घरदैलो गरिरहेको प्रचार–प्रसार संयोजक प्रकाश शाहीले जानकारी दिएका छन् ।

Womui
Womui