कँडेलको चुनावी अभियान झनै आक्रामक

56

नेपालगन्ज-बाँके क्षेत्र नम्वर २ मा एकिकृत राप्रपा (राष्ट्रवादी) का उम्मेदवार तेजनारायण कँडेलले बुधबार पनि चुनावी अभियानलाई तीब्रता दिएका छन् । मतदाताको हौसलाबाट उत्साही भएका कँडेलले आफ्नो चुनावी अभियानलाई आक्रामक बनाउँदै लगेका हुन् । कँडेलले बुधबार बिहानैदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १३ बुलबुलिया लगायत क्षेत्रमा चुनावी घरदैलो गरिरहेका छन् । कँडेललाई त्यसक्षेत्रका मतदाताहरुले न्यानो आथित्यताले स्वागत गरेका छन् ।

प्रमुख दलहरुले आफ्नो पार्टीका उम्मेदवार नदिनु र हिन्दु सनातन धर्म आफ्नो मुख्य चुनावी नाराका भएका कारण एकिकृत राप्रपा (राष्ट्रवादी)ले बलियो बन्दै गएको बताए । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका ठूला दलहरुले क्षेत्र नम्वर २ मा आफ्नो उम्मेदवार नदिएर समर्थकका रुपमा मात्रै उभिएका कारण त्यसको फाईदा एकिकृत राप्रपा (राष्ट्रवादी)का युवा नेता कँडेलले लिने चर्चा राजनीतिक वृत्तमा चलेको छ ।

पार्टीका सहायक प्रवक्ता समेत रहेका उम्मेदवार कँडेलले सनातन हिन्दुत्वलाई मन पराउनेको संख्या अधिक रहेकाले आफ्नो जित सुनिश्चित रहेको समेत दाबी गरेका छन् । घरदैलोमा प्रतिनिधी सभा–२ का उम्मेदवार कँडेल सहित प्रदेश सभा–२ ‘क’ का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा–२ ‘ख’ का हरदेवबक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह लगायत नेता, कार्यकर्ताको उल्लेख्य मात्रामा उपस्थिती रहेको छ ।

 

Womui
Womui