फोरमका उम्मेदवार पुर्वमन्त्री राईलाई मतदाताको उर्जा

28

नेपालगन्ज-संघिय समाजवादी फोरम नेपालका प्रतिनिधी सभा उम्मेदवार मोहम्मद ईस्तयाक राई नगर र गाउँमा एकैसाथ मतदाता भेटघाटलाई तिब्र पारेका छन् । केहीदिन यता घरदैलो अभियानलाई थप सशक्त पारेका पुर्वमन्त्री राई यसपटक प्रतिनिधी सभा-२ बाट निर्वाचित हुने दाउमा छन् ।

मतदाताको घरदैलोमा पुग्दा आफुले निकै माया र स्नेह पाएको पुर्वमन्त्री राईले छिनछिन खबरलाई बताए । ‘मतदाताले जहाँ गएपनि एकदमै राम्रो रेसपोन्स गरेका छन्, तपाई एक मात्र स्थिर र सक्षम उम्मेदवार हुनुहुन्छ, हामी तपाईको साथमा छौं भनेर उहाँहरुले भन्दा मलाई उर्जा मिलेको छ,’ पुर्वमन्त्री राईले सुनाए । चुनावपछि पार्टी फेर्ने व्यक्तिले विकास गर्न नसक्ने आम मतदाताको बुझाई रहेको उनले बताए । ‘स्थिर व्यक्तिले मात्र विकास गर्न सक्छ, भन्ने कुरा आम मतदाताको बुझाई रहेको पाईयो,’ उनले थपे । आफु निर्वाचित भएपछि पहाडी, मधेसी, मुस्लिम, दलित सबै समुदाय र वर्गको उत्थानका लागी ठोस पहल गर्ने उनको प्रतिवद्धता रहेको छ ।

चुनावी अभियानका क्रममा मंगलबार पुर्वमन्त्री राई सहित प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार दुर्गेश गुप्ता लगायतले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ को बाँकेगाउँ क्षेत्र तथा बुलबुलिया, रामबाग लगायत क्षेत्रमा घरदैलो गरेको पुर्वमन्त्री राईले टेलिफोनमा बताए । ‘गाउँतिर लगभग घरदैलो पुरा भइसकेको छ, केही गाउँमा मात्रै फाट्फुट्ट बाँकी छ,’ राईले भने ‘अब नेपालगन्जको वडा नम्बर ४, ६ र १० मा बढी मेहेनत गर्नुपर्ने देखिन्छ ।’

 

Womui
Womui