हाम्रो होईन, राम्रो र इमान्दार नेतालाई जिताऔं

320

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

दीपा आले, काठमाडौं
दक्षिण अफ्रिकाका राष्ट्रपति एवम् विश्वका चर्चित नेता नेल्सल मण्डेलाले भनेका थिए, ‘सबैभन्दा पहिले तिमी इमान्दार बन ।’ किन की तिमी जबसम्म आफू इमान्दार बन्दैनौं तबसम्म तिमीले समाज परिवर्तन गर्न सक्दैनौं । त्यति मात्र होईन उनले आफ्नो जीवनभर देश र जनताको हितको लागि लड्दा भनेका थिए, ‘तिमी जहाँ उभिन्छौं, त्यसले नै तिमी बस्ने ठाउँ निर्धारण गर्छ ।’ यी माथिका महान बाणीलाई यति बेला हाम्रा देशका नेताले हृदयदेखि स्मरण गर्नु जरुरी छ । त्यति मात्र होईन आफूले मनन् गरेर व्यवहारमा लागु गर्न सक्ने हैसियत नेतामा हुनुपर्छ । देशमा इमान्दार र नैतिकवान नेताको खडेरी परेको अवस्था छ । जसले गर्दा यति बेला देशले सक्षम र इमान्दार नेता खोजिरहेको छ । किन कि जनताको भाग्य र भविष्य बनाउने अधिकार नेताले प्राप्त गरेको हुन्छ । केही महिना अगाडी मात्र स्थानीय चुनाव सफलता पूर्वक सम्पन्न भई फेरी प्रदेशको चुनाव हुने मिति घोषणा भएपछि मंसिर १० गते ३२ जिल्लामा भर्खर मात्र चुनाव सम्पन्न भएको छ, भने अब २१ गते हुने चुनावको पखाईमा जनताहरु रहेका छन् । जसले गर्दा मुलुक भर चुनावी माहौल तात्तिएको छ । के गाउँ, के शहर के हिमाल पहाड र तराई सबै तिर चुनावी रोनकताले छाएको छ ।

राम्रो र इमान्दार नेता होईन हाम्रो र आफ्नो नेतालाई चुनावमा जिताउन मरिहत्ते गरेर लागिपरेका छन् । लाग्छ यस्ता कार्यमा नेताको मात्र दोष होईन, स्वयं नेपाली जनताहरु पनि अछुतो छैनन् भन्दा फरक नपर्ला । किन की चुनावमा नेताहरुलाई जसरी पनि चुनाव जित्नु छ । जनताहरुलाई आफ्नो पार्टीको नेतालाई चुनाव जिताउनु छ । एक पटक पनि अन्तर आत्माले सोचिदैन मैले कस्तो खालको नेतालाई चुनावमा जिताउँदैछु । भोली गएर ती नेताले दिन दुःखी जनताको सेवा गर्छ कि नाई ? आफूले बोकेर हिडेका नेता जनता प्रति बफदार छन् कि छैनन् । नेता हुने मानिसको चरित्र कस्तो छ त्यस बारेमा कतिपनि चिन्तित हुंदैनन । नेताले चुनावको बेला गोजीमा हालिदिएको रकममा रमाउंदै, उफ्रिदै जनता स्वयं बुझेर पनि नबुझे जस्तै गरी पटक पटक देश र जनतालाई धोका दिने नेताहरुलाई जिताउँदै आइरेका छन् । जसले गर्दा आजको यो २१ शताब्दीमा आउँदा समेत नेपाल भन्ने देशको मुहार परिर्वतन हुन नसकेको मूल कारण हो ।
एक पटक हामी नेपालीहरुले आत्मामा हात राखेर सोच्ने हो कि हामी कतिसम्म इमान्दार छौं र हामीले बनाउने नेता कतिसम्म इमान्दार छ । चुनावको बेला नेताको चरित्र नहेरिकन राम्रो होइन मेरो पार्टीको नेता भन्ने मुडमा चुनाव जिताइन्छ । चुनाव जितेर गए पछि आफ्नै अगाडि ति नेताले भष्ट्रचार गरेर जनता र देशलाई गरिब बनाउंदा समेत आफ्नो पार्टीको नेता भनेर बचाउन पछि पर्दैनौं किन कि हामी नेपाली जनता पार्टीका नेता भक्त छौं । चाहे उसले जति नै अनैतिक कार्य गरोस चाहे उसले जति नै भष्ट्रचार गरोस् तर आफ्नो पार्टीको नेता भनेर हामी मुख बन्द गरेर बस्छौं । किन कि हामीलाई सबैलाई थाहा भएको कुरा हो यस लेखमा लेखकले ति देश र जनताकोलागि अहित कार्य गर्ने नेताहरुको नाम नै लेख्नु पर्छ भन्ने छैन आजको विज्ञानको युगमा सबैले बुझेकै हुनुपर्छ । गरिब जनताको रगत र पसिनाले चुवाएको परिश्रममा आफूलाई नेता भन्नेहरुले मोजमस्ती गरेर आजसम्म पनि रजाई गरेको वास्तविक घटनाहरु हाम्रो आंखा वरिपरि अहिले पनि घुमिरेको छ । तर हामी सोझा साझा जनता भनौ बुझेर पनि बुझ पचाएर बसेका छौं । हामी भित्र ईमान्दारीता भएतापनि आफ्नो पार्टीको ईज्जत जाने भएको हुंदा मुख थुनेर बस्छौं ।
विश्वमा आज अन्य देशहरु आज कहांबाट कहां पुगी सके तर हाम्रो देशको विकासतन्त्र हेर्दा जहांको तही छ । यस्तो किन भएको होला भनेर हामीलाई सोच्ने फुर्सद छैन । नेताहरुलाई त झन् चुनाव जितेर सभासद, मन्त्री,प्रधानमन्त्री बन्ने सपना मात्र देखेका हुन्छन् तर ति दुर दराज गाउं र भिर पाखामा बसोबास गर्ने नेपाली जनताहरुले कसरी जिविकोपार्जन गर्दै आफ्नो जीवनयापन गरेको होला भनेर एक मिनेट सोच्ने फुर्सद छैन भन्दा फरक नपर्ला । आज विश्वमा जुन जुन देशहरुले विकासको फड्को मारेका छन् ति देश बनाउने नेताहरु कस्ता छन् भनेर बुझ्न जरुरी छ । आफ्नो देशको मुहार फेर्न ति नेताहरुले दुरदर्शी योजना लिएर अघि बढेका थिए । जनताको भाग्य र भविष्यलाई सफल बनाउन दुरदर्शी लक्ष्य र उद्देश्यका साथ अघि बढेका थिए र आज ति देशहरुले विश्वमा नाम कमाएका छन् । हाम्रो देशको विकासको गति हेर्ने हो भने जहाको तही छ । स्थानीय निकाय देखि केन्द्रसम्मका निकायमा भष्ट्रचार, अनैतिक कार्य, चोरी डकैती, डर धम्की जस्ता अपराधजन्य कार्यहरु दिनप्रति दिन बढ्दैछ । एउटा मानिस देखि अर्को मानिस डराउनु पर्ने अवस्था छ । किन कि ऊ भित्र इमान्दारीता र विश्वास नै छैन् । एक नेपालीले अर्को नेपालीलाई ठग्ने, झुट बोल्ने कसरी आफ्नो दुलो सोझाउन सकिन्छ भन्ने सोंचले ग्रसीत छ ।
कतिपयलाई लाख्न सक्छ लेखकले यसरी एकपक्ष रुपमा आफ्नो विचार दिर्दैछ भनेर तर हामी अन्तर आत्मा देखि गहिरिएर सोच्न सक्छौं राम्रो सोंच भन्दा बढी नराम्रो सोंचले भरिएको मानिसहरु हाम्रो घर समाजमा बढी छ जसले गर्दा आज देशको गति झन् झन् पछाडि पढ्दै छ । युवाहरु दिनदिनै विदेश पलायन हुनु पर्ने बाध्यता छ तर ति युवाहरुको भविष्यलाई आफ्नै स्वदेशमा सदुपयोग गरौं भन्ने सोंच एकजना नेताहरुमा पनि छैन् । जसले गर्दा आजको यो युगमा आई सक्दा पनि देशको बागडोर बुढाखाढा नेताहरुले सुस्त गतिमा सञ्चालन गरेका छन् जसलाई आफू के गरिरहेको छु भन्ने कुराको ज्ञान समेत हुंदैन त्यस्ता साईको नेताले देश र जनताको विकास गर्छु भन्नु हात्तीले दात्त देखाउनु सरह हो । न त्यस्ता नेतामा भिजन छ न मिसन छ न पोलिसी छ । खाली थोत्रो गाला बजायो बस्यो । ति नेताहरुले कहिल्यै सोचेनन् नयां पिडिका पढेलेखेका सक्षम व्यक्तिलाई जिम्मेवारी दिऊ भनेर । त्यसैले आज देश भित्र धेरै पढेलेखेका विद्ववान नेपालीहरु विदेशमा काम गर्न बाध्य छन् भने कम पढेका अल्पज्ञान भएका व्यक्तिहरुले देशको शासन भार समालेका छन् जसले गर्दा देशको गति कमजोर बन्दै गईरहेको छ । अनि कसरी देशको विकास हुन्छ जसले आफ्नै विकास गर्न सकेको छैन आफूलाई परिवर्तन गर्न सकेको छैन आफ्नै रवैया मात्र देखाउने नेताहरुले कसरी अरुकोलागि सोंच्न सक्छ भन्ने बारेमा हामी सोच्न बाध्य छौं ।
एउटा घत्तलाग्दो प्रसंग सुनाउन चाहान्छु । एक दिन कलेजमा साथी मिनुले चुनावको बारेमा दुईचार जना साथीहरुलाई सुनाउंदै थिए । मैले पनि यसो कान थापेर सुने । हैन सांच्चीकै चुरो कुरो के रहेछ त भनेर उसको नजिकै गएर कान थापेर सुनेकी थिए उनले भन्दै गए । उनका एक जना आफूले सम्मान गर्ने गुरु रहेछन् । सायद उनले त्यो गुरुलाई भगवानको दर्जा दिएका थिए । चुनावको क्रममा उनको गुरुसंग भेट भयो चुनावको भलाकुसारी गर्दा उनका गुरुले भनेछन् । बरु मेरो जात जाला । खान लागेको गांस छुटला तर मेरो पार्टीका जुनसुकै काले, गोरे, सेते आएपनि मैले आंखा चिम्मलेर चुनावमा भोट हाल्नु पर्छ । त्यो मेरो नैतिकता हो । चाहे मेरो पार्टीको पात्रो नपढेको होस् यहां कुलत कार्यमै किन नलागेको होस् म त पार्टी भक्त हो मेरो पार्टी भन्दा दांयाबाया गर्न सक्दैन हुन त म शिक्षामा पनि मास्टर गरेको मान्छे मैले विद्यालयमा पनि धेरै विद्यार्थीलाई राम्रो इमान्दार बन्नुपर्छ र सधै सत्य र इमान्दारलाई साथ दिनु पर्छ भनेर शिक्षा दिए पनि चुनावको बेला त म मेरो पार्टीको जस्तोसुकै अनैतिक कार्य गरेको भष्ट्रव्यक्तिलाई चुनावमा उम्मेदवार दिएपछि मैले ज्यान फयालेर भोट हाल्नु पर्छ भनेर फिस्सी हांसे गरे । के यही हो त मानवता भित्रको उच्च नैतिकता ? हामी कता गईरहेका छौं हामी भित्र इमान्दारीता छ कि छैन ? हामी भित्र सत्य के हो असत्य के हो भन्ने सोच्न सक्ने क्षमता छ कि छैन ? भलै पार्टीको सिद्धान्त राम्रो होला पार्टीले चुनावको बेला उठाउने नेताको व्यक्तित्व कस्तो छ त्यसको बारेमा त बुझ्न र सोच्न सक्छौं नी जबसम्म राम्रो क्षमतावान, उच्च शिक्षा हासिल गरेको व्यक्ति र उसको चरित्र सफा नभएसम्म देश र जनताको मुहार फेरिला भन्न सकिदैन । हामीले जस्तो विरुवा रोप्प छौं त्यस्तै फल प्राप्त हुन्छ । चाहना छ स्याउ खाने तर हामीले तिजु रोपेर हुंदैन भन्ने उदाहरण कहिल्यै विर्सिनु हुंदैन । चुनावको बेला आंखा कान बुझेर इमान्दार, सक्षम नेता लाई भोट नदिई भ्रष्ट्र नेतालाई भोट हाल्ने हामी जनता जसले पछि गएर त्यसको कुकर्म भोग्नु पर्ने हुन्छ । त्यसैले अब हुने प्रदेशको चुनावमा हाम्रो होइन राम्रो नेता जुनसुकै पार्टीका नेता किन नहुन् असल र इमान्दार जसले मुलुक र गरिब जनताको मुहार फेर्न सक्छ त्यस्ता नेतालाई चुनावमा जिताउन सके पक्कै पनि हामी नेपाली जनता भएको गर्व गर्न सक्छौं । त्यस्तो नेतालाई जिताउन सक्नु पर्छ जसले पहुने करिब तीन अरब जनताको भावनालाई समेट्न सकुन् ।

हामी आत्मादेखि नै यदि इमान्दार बन्छौं भने भोलि आउने हाम्रा सन्ततीले पनि त्यही इमान्दारीताको पाठ सिक्ने छन् । आज हामीले जे सिकाउंछौं भोलि त्यही हाम्रा सन्ततीले सिक्ने हो । जनताको सेवा गर्ने सेवक नेताले पनि बुझ्नु पर्छ मेरो काम र कर्तब्य के हो ? म कसको सेवक हुं मलाई देश बनाउने अधिकार दिएपनि म जनताको सेवक हुं मेरो काम र कर्तब्य मैले कदापि भुल्लु हुंदैन भनेर सधैं इमानदारीताका साथ काम गर्नुपर्छ । आफू नेता भयो भन्दैमा जनताका छोराछोरीलाई सधैं भरिया बनाउने चाप्लुसी गर्न सकाउने कार्य गर्न छाड्नुपर्छ । नेपालमा त यति सम्म राजनीतिक गन्ध फैलिएको छ कि आफ्नो क्षमता र दक्षता हुंदा हुंदै पनि कुनै ठाउंमा काम गर्नकालागि पनि नेताको सोर्सफोर्स विना हुनैसक्दैन भन्ने भ्रम फैलिएको छ । जसले गर्दा सानै उमेर देखि कुनै न कुनै पार्टीको झण्डा बोक्न बाध्य छन् नेपाली जनताका छोराछोरीहरु । राजनीति गर्नु पर्छ तर राजनीतिलाई फोहोरी खेल भनेर जनतामा भ्रम फैलाउनु इमानदार नेताको काम होइन । राजनीति फोहोरी खेल हो भन्दैमा एउटा इमान्दार व्यक्तिले आफ्नो वर्षौदेखि कमाएको इज्जत फाल्नु के त्यो राजनीतिक हो ? राजनीतिक हो भन्दैमा कालो लाई गोरो र गोरोलाई कालो बनाउने नकारात्मक प्रवृति हटाउनुको साटो प्रोत्सान गर्नु ठिक हो त ? राजनीति भन्ने शब्द सरल भएपनि त्यसलाई दुरुपयोग गर्ने काम हाम्रा देशका नेताहरुले गर्दै आएका छन् त्यसैले त सत्तामा गएको दुई चार महिना हुन पाएका छैनन् फेरी अर्का पार्टीका नेताहरु सत्ताकालागि उफ्रन थाल्छन् यसरी नै देशलाई चक्रव्यूमा फसाएका छन् ।

लामो समयदेखि खाली नेताहरु पालै पालो सत्तामा बसेर राज गर्ने जनताको रगत र पसिना चुस्न काम मात्र भएको छ अरु काम केही छैन । देशलाई राजनीतिक संक्रमणमा पार्ने काम मात्र भईरहेको छ वास्तवमै भन्नु पर्दा कुनै पनि नेतालाई देश र जनताको चिन्ता छैन चिन्ता छ त खालि आफ्नो पार्टी र आफ्नो कार्यकर्ताहरुको त्यसमा पनि जो सधैं स्याल जस्तै लुरुलुरु पछि लागेर झोला बोक्छन् त्यस्ता कार्यकर्ताहरुकोलागि मात्र नेताले काम गरेको हामीेले प्रत्यक्ष देख्न सक्छौं ।  यसरी देशको अवस्था गुज्रीएको छ । जनताले नेतालाई दोष दिन्छन् । म त भन्छु सही नेता चयन गर्न सक्ने दोषी त हामी आफै जनता हौं जसले गर्दा आज देशको यो हालत भएको छ । देशलाई भित्रभित्रै खोक्रो पार्ने भ्रष्ट्र नेताको विरुद्ध बोल्न नसक्ने कमजोरी हामी जनताकै हो । हामी मेरो र आफ्नो पार्टी भन्दा माथि उठेर हाम्रो र राम्रो असल नैतिकवान इमान्दार सक्षम, दुरदर्शी लक्ष्य बोगेर जनताको भाग्य र भविष्य सुन्दर बनाउने त्यस्तो नेतालाई चुनावमा जिताउनु पर्छ भन्ने फराकिलो सोच लिएर अघि बढ्नु पर्छ । ताकि मदिरा, मासु र मोटो रकममा जनता नविकुन । क्षणिकको स्वार्थमा लिप्त भएर आफ्नो भाग्य आफै विर्गानु र आफू त देशले दिने सेवाबाट बञ्चित भईयो भईयो हुंदा हुंदा आफ्नो सन्तानको भविष्य पनि अन्धारमा राखेको छु भन्ने कुरा कदापि बिर्सिनु हुंदैन ।

यदि सांच्चै नै देशको विकास होस् भन्ने चाहना हामी जनताहरुले सोच्नु पर्छ । आफ्नै घरबाट कुनै भष्ट्र व्यक्ति किन चुनावमा नउठोस त्यस्ता व्यक्तिलाई किकआवट गरेर समग्र देशको विकास उन्नती प्रगति गर्ने सोंच भएको सहि नेतालाई चुनेर देशको बागडोर सम्माल्ने अधिकार दिन पछि पर्नु हुंदैन । आज तपाईले छानेको असल नेताले गरेको राम्रो कामले भोलि तपाई र तपाईको सन्ततीको शिर सदा उच्च रहोस् । त्यसैले आजबाट नै इमान्दारीताका साथ कार्य गर्दै जान सक्यौ भने भोली पक्कै नयां नेपालको गन्तब्यमा पुग्नेछौं । स्वार्थ लुट्नकोलागि ललीपप देखाएर दिएको मदिरा मासु र पैसामा नबिक्नुस् किन कि तपाईले दुनियालाई त ढांटन सक्नु हुन्छ तर आफ्नो आत्मालाई कदापि ढांट्न सक्नु हुन्न । किन कि हामीलाई भगवानले बुद्धि विवेक दिनु भएको छ कालोलाई कालो र गोरोलाई गोरो भनेर छुटाउन सक्छौं । ताकि बेलामा हिरा फोड्न सक्नु भएन भने पछि गएर पछुताउनु नपरोस् । हामी सर्वश्रेष्ठ मानव भएको आचरण देखाउन सक्नुपर्छ । किन कि हामीलाई थाहा छ के गलत हो के सही हो । सबै पार्टीका सिद्धान्त, घोषणापत्र, अडान पत्रमा जनताका हितकालागि नै लेखिएका हुन्छन् तर यति मात्र फरक हो त्यो पार्टीबाट कस्तो व्यक्ति चुनावमा उठ्दैछ यस्ता कुरामा जनताले गम्भीर भएर विवेक लगाउनु सक्नु पर्छ । दिमाग त सबैको हुन्छ तर समयमा सबैको हितकोलागि विवेक पुराएर काम गर्न सक्नु ठूलो धर्म हो । आज हामीले सत्य, नैतिकता र इमान्दारीता विश्वासको सही कर्म गछौं भने त्यसले भोलि पक्कै राम्रो फल दिनेछ । आफू भन्दा माथि फराकिलो सोंच लिएर सबैको हित हुने काम गर्दै जानु सक्नु नै असल मानिसको आकृति निर्माण गर्नु हो । त्यसैले बांचुन्जेल राम्रो आकृति बनाएर छोड्न सक्यौ भने भावि दिनमा अवश्य त्यो सत्य, नैतिकता र इमान्दारीताको आकृतिको अनुसरण पछि आउने हाम्रा सन्ततीले डोराउनेछ ।

Womui
Womui