मतदाताको हौसलाले उम्मेदवार कँडेलको मनोवल उच्च

119

नेपालगन्ज-एकिकृत राप्रपा(राष्ट्रवादी) का प्रतिनिधी सभा–२ बाँकेका उम्मेदवार तेजनारायण कँडेललाई नेपालगन्जका मतदाताले हौसला बढाएका छन् । आसन्न मंसिर २१ गते हुन लागेको निर्वाचनका लागी चुनावी प्रचारमा रहेका एकिकृत राप्रपा(राष्ट्रवादी) का केन्द्रिय सह–प्रवक्ता समेत रहेका कँडेललाई मंगलबार घरदैलोका क्रममा कारकाँदो, पुष्पलाल चोक लगायत क्षेत्रका मतदाताले जितको अग्रिम शुभकामना दिदै हौसला प्रदान गरेका हुन् ।

मतदाताको साथ पाएर उत्साहित बनेका कँडेलले सबैको हौसला पाउँदा आफु उच्च मनोवलका साथ मैदानमा उत्रिएको बताए । निर्वाचनका लागी दिनहुँ मतदाताको घरदैलोमा पुग्ने गरेका उनले आफुले झुट्टो कुरा बोलेर कसैसँग पनि भोट नमाग्ने बताएका छन् ।

उम्मेदवार कँडेलले मंगलबार बिहान पुष्पलाल चोकदेखी कारकाँदो क्षेत्रका विभिन्न ठाउँमा आफ्ना कार्यकर्ता, शुभेच्छुकको सहभागितामा घरदैलो गरेका थिए । ‘अहिलेको जमानामा मतदातालाई झुट्टो कुरा बोलेर मत माग्नु मुर्खता हो, त्यसैले म नहुने कुरा बोल्दैन, जे बोल्छु, त्यही गर्छु,’ उनले भने । उधारो आश्वासन दिएर मत माग्ने उम्मेदवारसँग सावधान रहन मतदातालाई उनले अपिल गरिरहेका छन् ।

 

Womui
Womui