केपी ओलीले भाषण गर्दा गर्दै विद्युत अवरुद्ध भएपछि…….

66

नेपालगन्ज-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार दिउँसो ३ बजे नेपालगन्ज आउने प्रचार गरेको वाम गठबन्धनले स्थानीय त्रिभुवन चोकमा चुनावी सभा राख्यो। प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको माहोल तताउन कार्यक्रम आयोजना गरिएको थियो । ओलीको भाषण सुन्न एमाले र माओवादी कार्यकर्ता मात्र सहभागी थिएनन् । अन्य दलका नेता, कार्यकर्तालाई पनि उनको भाषणप्रति चासो थियो । नेपाली काँग्रेसका पुर्व सभापति स्वर्गिय सुशिल कोईरालाको गृहनगरमा ओलीले कुनै नयाँ शब्द बोलेर तरंग पैदा गर्छन् कि भन्ने धेरैलाई उत्सुकता थियो । त्यसकारण दिउँसो देखी नै अधिकांश व्यक्तिको ध्यान त्रिभुवन चोक क्षेत्रमा केन्द्रित रह्यो ।

करिव पौने ६ बजेतिर बर्दियाको चुनावी सभालाई सम्बोधन गरी नेपालगन्ज आईपुगेका पुर्वप्रधानमन्त्री ओलीलाई आयोजकले सुरुमै बोल्न लगाए । उनले भाषण सुरु गरेको केहीबेरमै बिद्युत अवरुद्ध भयो । त्यसपछि प्रहरीले टर्च बालेर उनलाई कार्यक्रम स्थलबाट बाहिर निकाल्यो । बिद्युत अवरुद्ध भएर अन्धकार बनेपछि उनी सम्बोधन बीचमै रोकेर हात हल्लाउँदै बाहिरिए । ओलीको भाषण सुन्ने सबैको ईच्छा, अधुरो भयो । ओलीको भाषण सुन्न ठूलो संख्यामा उपस्थित भएका व्यक्तिहरु खिन्न भएर घर फर्किए । नेपालगन्ज उद्योग वाणिज्य संघको भवनको सामुन्ने गरिएको चुनावी सभामा आयोजकले जेनेरेटरको व्यवस्था नगरेको भन्दै सहभागी कार्यकर्ता आक्रोशित देखिन्थ्ये । ‘चुनावमा त्यत्रो खर्च गरिरहेका छन, राष्ट्रिय अध्यक्ष सहभागी भएको कार्यक्रममा जेनेरेटर हुँदैन, कति फितलो व्यवस्थापन हो,’ एक सहभागीले भने ।

सम्बोधनको सुरुमा एमाले अध्यक्ष ओलीले चुनावपछि आफुहरुले बृद्ध भत्ता मासिक ५ हजार र्पुयाउने सोच बनाएको बताए। एमाले मुस्लिमको अधिकारका लागी लड्दै आएको उनले जिकिर गरे । मुस्लिम समुदायतर्फ लक्षित गर्दै उनले गत जेठर असार महिनाको रमजानका बेला परेको स्थानीय तहको चुनावलाई एमालेको दवावकै कारण सरकारले केही पर सारेको दाबी गरे । चुनावपछि आफुहरुले सरकारको नेतृत्व गर्ने र बाँकेमा निर्माणाधिन हुलाकी सडक, सिक्टा सिचाई आयोजनाको कामलाई सम्पन्न गर्न विशेष पहल गर्ने प्रतिवद्धता जनाए । पूर्वप्रधानमन्त्री समेत रहेका ओली सोमबार बेलुकाको उडानमार्फत राजधानी फर्किएका छन् । चुनावी सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल आउने प्रचार गरिएपनि महासचिव रामबहादुर थापा लगायत नेता उपस्थित भएका थिए ।
नागरिक न्यूजबाट

Womui
Womui