खत्री, गौडेल र बर्मा घरदैलोमा सक्रिय, मतदाता उत्साहित बन्दै

45

कोहलपुर-बाँके निर्वाचन क्षेत्र नम्बर १ (ख) को लोकतान्त्रिक गठबन्धनले आफ्नो घरदैलो अभियानलाई थप प्रभावकारी बनाएको छ । घरदैलो अभियान अन्तर्गत सोमबार कोहलपुर नगरपालिका वडा नम्बर ९ मा लोकतान्त्रिक गठबन्धनले घरदैलो गर्दै मतदातालाई आफ्नो पक्षमा मत दिन आग्रह गरेको छ । लोकतान्त्रिक गठबन्धनबाट प्रदेश सभा–१ ख का उम्मेदवार नारायणप्रसाद गौडेलले कोहलपर–९ मा विपद् व्यवस्थापनका लागी स्थानीय स्तरमा पूर्व तयारीका लागी विभिन्न कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए ।

बस्तीमा बिद्युत पोल र लाईनको व्यवस्था, पिपरीको सडकलाई स्तरोन्नतीका साथै पक्की पुल सहित सडकलाई कालोपत्रे बनाउनुपर्ने माग राखे । उम्मेदवार गौडेलले आफु निर्वाचित भएपछि सडकको स्तरोन्नतीका लागि विशेष योजना ल्याउने बताए ।

थारु, मधेशी, मुस्लिम र मगर, गुरुङको भेषभुषा झल्किने र साँस्कृतिक संरक्षणका लागि संग्रालयको स्थापना गरिने विश्वास दिलाए । यस्तै युवाको बेरोजगारी न्यूनिकरण गर्नका लागि विशेष कार्यक्रम ल्याउने उनले विश्वास दिलाए । उक्त गठबन्धनबाट क्षेत्र नम्बर १ काँग्रेसका माधबराम खत्री र प्रदेश सभा–१ ख मा नारायणप्रसाद गौडेल र क सरदच्न्द्र बर्माले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

 

Womui
Womui