फोर्डको नयाँ ईको स्पोर्ट्स गाडी लन्ज

40

नेपालगन्ज-फोर्डको नयाँ ईको स्पोटर््स गाडी सोमबार नेपालगन्जमा लन्च गरिएको छ । फोर्डको आधिकारिक विक्रेता शुभलाभ ईन्टर प्राईजेजको गनापुर बाँकेमा रहेको शोरुममा नयाँ ईको स्पोर्ट्स गाडीको लन्च गरिएको हो । उक्त गाडीको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य र शुभलाभ ईन्टरप्राईजेजका प्रबन्ध निर्देशक निरन्जन राजभण्डारीका पिता कुलराज राजभण्डारीले संयुक्त रुपमा लन्चिङ गरेका थिए ।

सो अवसरमा प्रबन्ध निर्देशक निरन्जनराज भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । नयाँ फोर्ड ईको स्पोर्ट्समा १६ सय भन्दा बढी नयाँ पुर्जा राखेर बनाउनुका साथै नयाँ बढी शक्तिशाली इन्जिन र अझै राम्रो रुपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नयाँ फोर्ड ईको स्पोटर््स फन, स्टाईल र टेक्नोलोजी हो ।’

 

Womui
Womui