उधारो भ्रममा नपर्न उम्मेदवार कँडेलको आग्रह

109

नेपालगन्ज-एकिकृत राप्रपा (राष्ट्रवादी)का सह प्रवक्ता एवम् प्रतिनिधी सभा–२ का उम्मेदवार तेजनारायण कँडेलले सोमबार वडा नम्बर १२ मा घरदैलो गरेका छन् । सोमबार दिनभर नेपालगन्ज–१२ कोरियनपुर, विपी चोकदेखी बीरेन्द्र चोक सम्म घरदैलो गरेका हुन् ।

उम्मेदवार तेजनारायण कँडेललाई आर्शिवाद दिदै एक महिला ।

घरदैलोका क्रममा मतदातालाई अपिल गर्दै आफुले बोलेका कुरा पुरा गरेरै छाड्ने बताए । ‘म नहुनेकुरा बोल्दैन, मैले जे बोल्छु, त्यही गर्छु,’ उनले भने । उधारो आश्वासन दिने नेताको भ्रममा नपर्न कँडेलले मतदातालाई अपिल पनि गरेका छन् । आफुलाई चारकुना भित्रको हलोमा मतदान गरि अत्याधिक मतले विजय गराउन आग्रह गरेका छन् ।

Womui
Womui