‘स्थिर सरकारले मात्र देशको विकास गर्न सक्छ’ : ओली

93

नेपालगन्ज-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थिर सरकारले मात्र देशको विकास गर्न सक्ने बताएका छन् । नेपालगन्जको त्रिभुवन चोक पुर्वलाईनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनावपछि नेपालगन्जको विकासले नयाँ मोड लिने बताए । पुर्वप्रधानमन्त्री ओलीले बाँकेमा निर्माणाधिन सिक्टा सिचाई आयोजना, हुलाकी सडक लगायत विभिन्न आयोजना सम्पन्न गर्न अब बन्ने स्थिर सरकारले विशेष प्राथमिकता दिने प्रतिवद्धता जनाए ।

अर्को प्रसंगमा अध्यक्ष ओलीले मुस्लिम समुदायको हक, अधिकारका लागी एमालेले आवाज उठाउँदै आएको दाबी गरे । अध्यक्ष ओली सोमबार दिउँसो ३ बजे नेपालगन्ज आउने भन्दै वाम गठबन्धनले प्रचार प्रसार गरेको थियो । तर अध्यक्ष ओली करिव पौने ६ बजेतिर बर्दियाको चुनावी सभालाई सम्बोधन गरेर नेपालगन्ज आएका थिए । तर, उनले भाषण सुरु गरेको केहीबेरमै बिद्युत अवरुद्ध भयो । बिद्युत अवरुद्ध भएर अन्धकार बनेपछि उनी सम्बोधन बीचमै रोकेर हात हल्लाउँदै बाहिरिए । ओलीको भाषण सुन्न ठुलो संख्यामा उपस्थित भएका व्यक्तिहरु खिन्न भएर घर फर्किएका थिए । चुनावी सभामा आयोजकले जेनेरेटरको व्यवस्था नगरेको भन्दै सहभागी कार्यकर्ता आक्रोशित देखिन्थ्ये ।

 

Womui
Womui