ओलीले नेपालगन्जमा आज सम्बोधन गर्ने

114

नेपालगन्ज-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार(आज)नेपालगन्जमा सम्बोधन गर्ने भएका छन् । स्थानीय त्रिभुवन चोक पुर्व लाईनमा अवस्थित उद्योग वाणिज्य संघको भवन अगाडी पुर्वप्रधानमन्त्री समेत रहेका एमाले नेता ओलीले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको संयुक्त वाम गठबन्धन बाँकेले जनाएको छ ।

एमाले नेता ओलीले दिउँसो २ बजे बर्दियामा आयोजित चुनावी सभालाई सम्बोधन गरिसकेपछि ३ बजे नेपालगन्जमा सम्बोधन गर्ने कार्यक्रम रहेको वाम गठबन्धन क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’का निर्वाचन परिचालन समिति संयोजक रबिन्द्र लम्सालले छिनछिन खबरलाई बताए । वाम गठबन्धनले बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा आफ्नो प्रचार प्रसार गरिरहेको छ ।

Womui
Womui