वाटरपार्कमा विवेकशीलका उम्मेदवार

29

नेपालगन्ज-बाँकेमा विवेकशील साझा पार्टीका उम्मेदवारले नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १ वाटरपार्क क्षेत्रमा घरदैलो गरेको छ । आईतबार पार्टीका संयोजक रविन्द्र मिश्रले नेपालगन्जमा सम्बोधन गरेर हौसिएका उक्त पार्टीका उम्मेदवार हौसलाका साथ पुनः घरदैलोमा गएको जिल्ला संयोजक चिरन्जिवी शर्माले दिए ।

पार्टी प्रतिको जनलहर बढ्दै गएको उनले बताए । यसबर्ष राष्ट्रिय पार्टी अर्को वर्ष देशको नेतृत्व नारासहित चुनावी मैदानमा होम्मिएको विवेकशील साझा पार्टीप्रति जनलहर बढ्दै गएको दाबी उनले गरे । बाँके क्षेत्र नम्वर २ का प्रतिनिधीसभाका उम्मेदवार नगेन्द्र कुवँर र प्रदेशसभा ख का उम्मेदवार डाक्टर विनोद कर्ण नेतृत्वको टोलीले नेपालगन्जमा घरदैलो गरिरहेको छ ।

Womui
Womui