व्यापक बन्दै लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान

80

नेपालगन्ज-मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन आउन १० दिन मात्र बाँकी रहँदा बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको घरदैलो र चुनावी सभा व्यापक बन्दै गएको छ । आफ्नो पक्षमा माहोल बनाउन आफूहरु अहोरात्र खटिएको उम्मेदवारहरुले बताएका छन् । उम्मेदवारहरुले चुनावी सभा, कोणसभा र घरदैलो मार्फत प्रचार–प्रसारलाई आक्रामक बनाएका हुन् । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधीसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधबराम खत्री सोमबार बिनौना र बैजापुर क्षेत्रमा घरदैलोमा व्यस्त रहेको प्रचार–प्रसार सचिवालय सदस्य लुटबहादुर खत्रीले जानकारी दिए ।

प्रदेशसभा–१ क का उम्मेदवार शरदचन्द्र बर्मा पनि खत्रीसंगै घरदैलोमा सहभागी छन् । प्रदेशसभा १ ख का उम्मेदवार नारायण गौडेलले कोहलपुर नगरपालिका वडा नम्बर ९ को झण्डहवामा घरदैलो गरेको सचिवालय संयोजक भूम भण्डारीले बताए । प्रतिनिधीसभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभा २ क का उम्मेदवार निरन्जनसिंह बसुदेवपुर, मनिकापुर र वनकट्टी क्षेत्रमा घरदैलो र कोणसभामा व्यस्त छन् । प्रदेशसभा २ ख का उम्मेदवार सुरेन्द्र हमाल नेपालगन्ज उपमहानगरपालिकाको साविक ८ र ९ को गडियनपुर तथा एकलैनी लगायत क्षेत्रमा व्यस्त रहेको राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले बताए ।

प्रतिनिधीसभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशास कुर्मी र प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारु वनकटुवा र नौवस्तामा आयोजित कोणसभा र घरदैलो तथा प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाह र कुर्मी खजुराखुर्दमा आयोजित कोणसभा र घरदैलोमा व्यस्त रहेको प्रचार–प्रसार सचिवालय संयोजक रमेश सिंजालीले बताएका छन् ।

Womui
Womui