बाँके क्षेत्र नम्बर ३ : ‘ईतिहास दोहोरयाउने’ र ‘अस्तित्व जोगाउन’ रस्साकस्सी

54

नेपालगन्ज-चुनाव नजिक आईरहँदा बाँकेको क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच निकै रस्साकस्सी चलेको छ । दुबै गठबन्धनले मतदातालाई आर्कषित गर्न विभिन्न कोण सभा, घरदैलो, भेटघाट जस्ता कार्यक्रम गर्दै आएका छन् । शनिबार दुबै गठबन्धनले खजुरा क्षेत्रमा आफ्नो उपस्थिती देखाएर मतदातालाई आर्कषित गर्ने प्रयास गरे । लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर ३ को प्रतिनिधी सभा सदस्यमा नेपाली काँग्रेसका बादसा कुर्मी, प्रदेश सभा–३ ‘क’ मा चन्तराम थारु र प्रदेश सभा–३ ‘ख’ मा लक्ष्मीनारायण शाह चुनावी मैदानमा छन् । यस्तै वाम गठबन्धनले प्रतिनिधीसभा–३ को सदस्यमा एमालेका नन्दलाल रोका(क्षेत्री), प्रदेशसभा–२ ‘क’ मा माओबादी केन्द्रका ईन्द्रप्रसाद खरेल(आईपी) तथा प्रदेश सभा–३ ‘ख’ मा एमालेका बाबुराम गौतमलाई उठाएको छ ।

लोकतान्त्रिक गठबन्धनले शनिबार खजुरामा गरेको कार्यक्रममा सहभागी ।

दुबै गठबन्धनका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्त छन् । लोकतान्त्रिक गठबन्धनका तीनै जना उम्मेदवारले आफ्नो पक्षमा मतदाता आर्कषित गरिरहेका छन् । यसैक्रममा शनिबार उक्त क्षेत्रका विभिन्न ठाउँमा कोण सभा तथा मतदाता भेटघाट गरिएको छ । प्रदेश सभा–३ ‘ख’ का उम्मेदवार शाहले दिएको जानकारी अनुसार शनिबार खजुरा गाउँपालिकाको १ नम्बर, साविक सितापुर गाविसको सि गाउँ र बि गाउँमा लोकतान्त्रिक गठबन्धनले कार्यक्रम गरेको छ । निर्वतमान सांसद आशा बिक, नेपाली काँग्रेसका क्षेत्रीय सभापति नक्की खाँ लगायत क्षेत्र नम्बर ३ का लोकतान्त्रिक गठबन्धनका नेताहरु चुनाव प्रचारमा सक्रिय भएका छन् ।

वाम गठबन्धनले शनिबार ईन्द्रपुरमा गरेको कार्यक्रममा सहभागी ।

यस्तै शनिबार बाँके क्षेत्र नम्बर ३ का विभिन्न ठाउँमा वाम गठबन्धनले पनि चुनावी कार्यक्रम गरेको छ । उक्त गठबन्धनले इन्द्रपुर र खजुराको ईगाउँमा कोणसभा सम्पन्न गरेको हो । शनिबार नै उक्त गठबन्धनले रनियापुरमा कोणसभा र घरदैलो सम्पन्न गरेको छ । २०४८ र २०५६ सालमा नेपाली काँग्रेस तथा २०५१ मा राप्रपाले उक्त क्षेत्र जितेको थियो । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा नेकपा माओबादी र २०७० को दोस्रो संविधान सभा निर्वाचनमा एमालेले उक्त क्षेत्र जितेको थियो । यसपटक लोकतान्त्रिक गठबन्धन आफ्नो पुरानो ईतिहास दोहोर्याउने रणनीतिका साथ अगाडी बढेको छ, भने वाम गठबन्धनले अस्तित्व जोगाउने रणनीति बनाएको छ ।

लोकतान्त्रिक गठबन्धनका प्रदेश सभा उम्मेदवार लक्ष्मीनारायण शाह भोट माग्दै ।
वाम गठबन्धनका प्रतिनिधी सभा ३ का उम्मेदवार नन्दलाल रोका(क्षेत्री) ।

 

लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर ३ मा निकालेको घरदैलोमा सहभागी प्रतिनिधी सभा उम्मेदवार बादसा कुर्मी र चन्तराम थारु लगायत ।

Womui
Womui