वाम गठबन्धनको प्रचार जारी : ठाउँ–ठाउँमा कोणसभा र घरदैलो

51

नेपालगन्ज-प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागी बाँकेमा वाम गठबन्धनले घरदैलो गरेर मतदातासँग भोट माग्ने अभियान जारी राखेको छ । क्षेत्र नम्बर १, २ र ३ मा प्रतिनिधी सभा र प्रदेश सभा सदस्य उम्मेदवारहरु घर–घरमा पुगेर मत मागिरहेका छन् । यसैक्रममा शनिबार बाँके क्षेत्र नम्बर ३ मा पनि वाम गठबन्धनले चुनावी कार्यक्रम गरेको छ । उक्त गठबन्धनले इन्द्रपुर र खजुराको ईगाउँमा कोणसभा सम्पन्न गरेको छ ।

 

 

कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका नेता तथा निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर सुनार, प्रतिनिधीसभा–३ का उम्मेदवार नन्दलाल रोका(क्षेत्री), प्रदेशसभा–२ ‘ख’ का उम्मेदवार बाबुराम गौतमले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनीहरुले आफुहरुलाई निर्वाचित गराउन अपिल गरे । आफुहरु निर्वाचित भएपछि प्रत्येक टोलको विकास गर्ने दाबी गरे । यस्तै शनिबार नै उक्त गठबन्धनले रनियापुरमा कोणसभा र घरदैलो सम्पन्न गरेको छ । कार्यक्रममा प्रतिनिधीसभाका उम्मेदवार रोका र प्रदेशसभा–३ ‘क’ का उम्मेदवार ईन्द्रप्रसाद खरेलले सम्बोधन गरेका थिए ।

 

 

 

 

Womui
Womui