अनलाईन जर्नालिष्ट एशोसियसन नेपालगन्जमा सुवेदी

46

नेपालगन्ज-बाँकेबाट सञ्चालित अनलाईन मिडियामा कार्यरत पत्रकार संगठित भएका छन् । नेपालगन्जमा शनिबार सम्पन्न अनलाईन पत्रकारको एक भेलाले रुद्र सुवेदीको अध्यक्षतामा अनलाइन जर्नालिष्ट एशोसियसन नेपालगन्ज गठन गरेको हो । उक्त भेलाले एशोसियसनको सचिवमा काशीराम शर्मा र कोषाध्यक्षमा कृष्ण ओलीलाई चयन गरेको छ ।

यस्तै सदस्यमा प्रेम केसी, किरण ढकाल, गोपी बुढा, सुरेन्द्र काफ्ले, गोविन्द शर्मा, अर्जुन ओली, सुनिल विष्ट तथा सल्लाहकारमा टीएस ठकुरी र प्रभात देवकोटालाई चयन गरिएको छ । बाँकेमा रहेका अनलाईन मिडिया तथा अनलाईन पत्रकारको हक अधिकार तथा क्षमता अभिबृद्धि लगायत विषयमा एशोसियसनले नेतृत्वदायी भूमिका खेल्ने अध्यक्ष सुवेदीले बताए । साथै अनलाईन मिडियाका लागी एशोसियसनले आचार संहिता समेत बनाएर अगाडी लैजाने उनको भनाई छ । सुवेदी पत्रकार महासंघ बाँकेका निर्वतमान अध्यक्ष हुन । सरकारी निकायमा दर्ता भएर आधा दर्जन बढी अनलाईन मिडिया सञ्चालनमा छन् ।

Womui
Womui