लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउने बिद्यार्थीको प्रतिवद्धता

249

नेपालगन्ज-प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय रहने बिद्यार्थीहरुले प्रतिबद्धता जनाएका छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा राप्रपाका ओप्रकाश आजाद, प्रदेश सभा–२ ‘क’ बाट निरन्जनसिंह सिजापति र प्रदेश सभा–२ ‘ख’बाट सुरेन्द्र हमाल प्रतिस्पर्धामा छन् । तिनै जना उम्मेदवारप्रति क्षेत्र नम्बर २ मा जनलहर बढिरहेको भन्दै जिताउन सक्रिय भूमिका निभाउने उनीहरुले प्रतिवद्धता जनाएका हुन् ।

नेपाल बिद्यार्थी संघले शनिबार बिहान काँग्रेस पार्टी कार्यालयमा आयोजना गरेको बृहत कार्यक्रममा उपस्थित बिद्यार्थीले लोकतन्त्र बचाउन र देशको समृद्धिका लागी लोकतान्त्रिक गठबन्धन बाहेक अर्को विकल्प नहुने धारणा राखे । अधिकांस बिद्यार्थी अगुवाले लोकतन्त्र बचाउनका लागी नेपाली काँग्रेस र राप्रपाका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । सो क्रममा उपस्थित प्रतिनिधी सभा उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभाका उम्मेदवार हमाल र सिजापतिले आफुहरु निर्वाचित भएपछि लोकतन्त्रको संस्थागत, संविधान कार्यान्वयनसँगै बाँकेको विकासमा नेतृत्व गर्ने धारणा राखे ।

यसैबीच लोकतान्त्रिक गठबन्धनले बाँकेका तीन वटै क्षेत्रमा घरदैलो गरेको छ । क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनका प्रतिनिधी सभा उम्मेदवार माधवराम खत्री, प्रदेश सभा–१ ‘क’ का सरदचन्द्र बर्मा र प्रदेश सभा–१ ‘ख’ का उम्मेदवार नारायणप्रसाद गौडेलले आफ्नो क्षेत्रमा शनिबार बिहान घरदैलो गरेका थिए । यस्तै क्षेत्र नम्बर २ अन्र्तगत डुडुवा गाउँपालिकास्थित बनकट्टीमा घरदैलो तथा चुनावी सभा गरेर प्रतिनिधी सभा–२ का उम्मेदवार आजाद र निरन्जनसिंह सिजापतिले मतदातासँग भोट मागेका छन् । यता प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमालले नेपालगन्जमा मतदातालाई भेटेर आर्शिवाद लिईरहेका छन् । उता क्षेत्र नम्बर ३ मा प्रतिनिधी सभाका उम्मेदवार बादसा कुर्मी, प्रदेश सभा–३ ‘क’ का उम्मेदवार चन्तराम थारु र प्रदेश सभा–३ ‘ख’ का उम्मेदवार लक्ष्मीनारायण शाहले पनि बिहान मतदाता भेटघाट गरेका छन् । क्षेत्र नम्बर ३ को खजुरामा कोण सभा तथा गनापुरमा मतदाता भेटघाट गरिएको उम्मेदवार शाहले जानकारी दिए ।

Womui
Womui