बाँके–३ मा काँग्रेसमा प्रवेश गर्नेको लहर

102

नेपालगन्ज-बाँकेको जानकी गाउँपालिका वडा नम्बर ५ गुरुवा गाउँमा ठुलो संख्यामा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । साविक बेलहरीको गुरुवा गाउँमा आयोजित लोकतान्त्रिक गठबन्धनको कोण सभामा डेढ जना व्यक्तिहरु नेपाली काँग्रेसमा प्रवेश गरेको प्रतिनिधी सभा–३ बाँकेका उम्मेदवार बादसा कुर्मीले जानकारी दिए । नेकपा एमाले, माओबादी, संघिय समाजवादी फोरम लगायत दल परित्याग गरेर नेपाली काँग्रेसमा उनीहरु प्रवेश गरेको कुर्मीले बताए ।

पार्टी प्रवेश गराउने क्रममा बोल्दै प्रतिनिधी सभा-३ बाँकेका काँग्रेस उम्मेदवार बादसा कुर्मी ।

उनीहरुलाई उम्मेदवार कुर्मी लगायत नेताले पार्टीमा स्वागत गरेका थिए । उक्त कोण सभा नेपाली काँग्रेसका ईकाई सभापति इन्ताज अलि मनिहारको सभापतित्वमा सम्पन्न भएको थियो । वाम गठबन्धनले देशमा निरंकुश शासन ल्याउने उद्घोष गरेको र संघिय समाजवादी फोरमले जातिय द्धन्द्ध ल्याउने गरेकाले नेपाली काँग्रेसमा प्रवेश गर्नुपरेको उनीहरुले बताएका थिए । चुनावी अभियानका क्रममा आफ्नो क्षेत्रमा नेपाली ‘काँग्रेसमा प्रवेश गर्नेको लहर’ नै चलेको उम्मेदवार कुर्मीले बताएका छन् ।

Womui
Womui