भेरी अस्पतालमा दुरबिन प्रविधीबाट अप्रेशन

84

खगेन्द्र दाहाल
नेपालगन्ज-भेरी अञ्चल अस्पतालले दुरबिन प्रविधीबाट पित्तथैलीको शल्यक्रिया गरी पत्थरी निकाल्ने उपचार सेवा दिन सुरु गरेको छ । मेडिकल कलेज तथा प्राइभेट अस्पतालमा दुरबिन प्रविधीबाट पित्त थैलीमा रहेको पत्थरी निकाल्ने उपचार सेवा वर्षाैंदेखि सञ्चालन हुँदै आएपनि पश्चिम नेपालको सबैभन्दा ठूलो सरकारी अस्पतालको रुपमा रहेको भेरी अञ्चल अस्पतालमा भने पहिलो पटक सुरु गरीएको हो ।

अस्पतालका सर्जन डाक्टर सुरेश नाग तथा एनेस्थेसोलिष्ट डाक्टर कृष्ण आचार्य सहितको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले बाँके, राप्ती सोनारीकी ३८ बर्षिया बिरामी बेलमती चौधरीको पेटमा प्वाल पारेर पित्तथैलीको सफलतापूर्वक शल्यक्रिया गरेको हो । सरकारी अस्पतालमै यो सेवा सुरु भएसँगै बिरामीले सहज र सस्तोमा उपचार सेवा पाउने भएका छन् । नेपालगन्जका अन्य निजी स्वास्थ्य संस्थाले दुरबिन प्रविधीबाट पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्दा २० देखि ३० हजार रुपैयाँसम्म शुल्क लिने गरेको भए पनि भेरी अञ्चल अस्पतालले सो सेवा ५ हजारमै दिने जनाएको छ । पित्तथैलीमा पत्थरी हुने समस्या पुरुषमा भन्दा महिलामा बढी देखिने गरेको छ । मोटी, ४० भन्दा बढी उमेर पुगेकी र धेरै सन्तान जन्माएकी महिलामा पित्तथैलीमा पत्थरी हुने समस्या बढी देखिने गरेको चिकित्सकले बताएका छन् । यसभन्दा पहिले भेरी अञ्चल अस्पतालमा पत्थरी निकाल्न अप्रेशन गर्नु बाहेक अर्को विकल्प थिएन ।

Womui
Womui