वाम गठबन्धनका उम्मेदवार पशुपतिदयालले मागे ‘रुख चिन्ह’मा भोट !

445

नेपालगन्ज-वाम गठबन्धनका उम्मेदवार पशुपति दयाल मिश्रले ‘रुख चिन्हमा भोट’ हाल्न मतदातालाई आग्रह गरेका छन् । पाँच नम्बर प्रदेशको बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभामा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका मिश्रले एक कार्यक्रमलाई सम्बोधन गर्दै रुखमा भोट मागेका हुन् । संयुक्त निर्वाचन परिचालन कमिटी, उद्योग व्यवसायी संगठन बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘तपाईहरु कुनै शंका नगरीकन रुख चिन्ह र हसिया अथौडामा आफ्नो अमुल्य मत दिएर मतदान गर्नुस् हामीले विश्वास दिलाउन चाहन्छौं, भ्रष्टाचार मुक्त प्रशासनदेखी लिएर विकासको कुरामा हामी विश्वास दिलाउँछौं, यति भन्दै बिदा हुन्छु धन्यवाद ।’ एमाले र माओबादीका जिल्लादेखी केन्द्रिय स्तरका नेता, कार्यकर्ताका अगाडी मञ्चमै रुख चिन्हमा भोट मागेपछि उनको नैतिकतामाथी प्रश्न चिन्ह खडा भएको छ ।

 

राष्ट्रिय जनता पार्टी(राजपा)बाट सिधै सुर्य चिन्हमा चुनाव लड्न थालेका मिश्रले साँच्चिकै रुखमा भोट मागेका हुन् या बोल्दा बोल्दै चिप्लिएर रुखमा भोट मागेका हुन् भन्दै उपस्थित व्यक्तिहरुले कार्यक्रममा कानेखुसी गरिरहेका थिए । एमालेका सचिव शंकर पोखरेल समेत उपस्थित रहेको उक्त कार्यक्रममा आएका सहभागीहरुले मिश्रले रुखमा भोट मागेको भाषण सुनेपछि आपसमा प्रश्न गर्दै भने, ‘सुर्य चिन्हबाट चुनाव लड्ने तर रुखमा भोट माग्ने यो के ताल हो ।’ ‘राष्ट्रिय जनता पार्टीको मान्छेलाई ल्याएर वाम गठबन्धनले उम्मेदवार बनाईदिए, अहिले आएर सार्वजनिक कार्यक्रममा रुखको प्रचार गर्दा हामी चकित प¥यौं, कतै उनको चाहना काँगे्रेसलाई जिताउने त होईन ?’ माओबादीका एक कार्यकर्ताले प्रश्न गर्दै सदभावसँग भने । उनको यो भाषण फेसबुक, युटुब र अनलाईनहरुमा भाईरल भएको छ ।

मिश्रको पृष्ठभुमि राजावादी हो । उनी राजावादीको तर्फबाट जिविस बाँकेको सभापतिमा समेत मनोनित भएका हुन् । उनी बीचमा काँगस, राप्रपा हुदै तराईमा मधेसवादी दलको दवदवा बढेपछि आन्दोलनमा होमिएर तराई मधेस लोकतान्त्रिक पार्टीबाट राजनीति गर्न थालेका हुन् । उक्त पार्टी राजपामा समाहित भएपछि मिश्र सह–महामन्त्री भएका थिए । चुनावकै मुखमा राजपा छिन्नभिन्न भएपछि मिश्र चुनाव चिन्ह सुर्यबाट चुनाव लड्न थालेका हुन् । तर, एमालेभित्रैबाट मिश्रको उम्मेदवारीलाई भित्री रुपमा नस्वीकारिएको एमाले स्रोतले जनाएको छ ।

-सदभाव दैनिकबाट

Womui
Womui