लोकतान्त्रिक गठबन्धनलाई घरदैलो गर्न भ्याई नभ्याई

137

नेपालगन्ज-यही मंंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन आउन २ साता मात्र बाँकि रहँदा उम्मेदवारहरुलाई भोट माग्न भ्याई नभ्याई छ । मतदाता समक्ष पुगेर आफूलाई मतदान गर्न आग्रह गर्दै दिनहुँ उम्मेदवारहरु घरदैलोमा पुगिरहेका छन् । बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले शुक्रबार पनि बिहानैदेखि घरदैलो गरिरहेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजादले विहान कम्दी, पुरैना र नेपालगञ्जको त्रिभुवन चोकको भित्रि भागमा पुगेर मत मागेका छन् ।

प्रदेशसभा २ क का उम्मेदवार निरन्जनसिंह सिंजापति र २ ख का उम्मेदवार सुरेन्द्र हमालले आ–आफ्नो क्षेत्रमा आजादसंगै घरदैलो गरेको राप्रपा नेता ऋषिराज देवकोटाले बताए । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री शुक्रबार नरैनापुर गाउँपालिकामै घरदैलो गरेका छन् । दिउँसो भने कोहलपुरमा घरदैलो गर्ने कार्यक्रम छ । केहीदिन यता त्यसै क्षेत्रमा रहनुभएका खत्रीसंगै प्रदेश सभा १ क का उम्मेदवार शरदचन्द्र बर्मा पनि नरैनापुरमै रहेको प्रचारप्रसार सचिवालय सदस्य लुट बहादुर खत्रीले जानकारी दिए ।

प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेलले कोहलपुर नगरपालिका वडा नम्बर ६ रझेनाको थारु गाउँमा घरदैलो गरिरहेको सचिवालय संयोजक भूम भण्डारीले बताए । प्रतिनिधी सभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेश सभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले शुक्रबार साविकको बेलहरी गाविसमा घरदैलो गरिरहनुभएको सचिवालय संयोजक रमेश सिंजालीले बताए । प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारुले बिहानैदेखि घरदैलो गरेका छन् ।

Womui
Womui