बाघ आक्रमणबाट घाईते महिलाको उपचार गर्न समस्या

50

नेपालगन्ज- बर्दियामा बाघको आक्रमणमा परी गम्भिर घाईते भएकी एक महिलाको उपचारमा समस्या भएको छ । मधुवन नगरपालिका वडा नम्बर ३ खाता बर्दिया घर भएकी ६० बर्षिया विष्णु बुढालाई मंगलबार दिउँसो घाँस काट्न गएको समयमा नजिकैको जंगलमा बाघले आक्रमण गरेको थियो । गम्भिर घाईते भएकी उनको अहिले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ ।

मेडिकल कलेजमा आफ्नै खर्चबाट उपचार गर्न नसक्ने भएपछि उनको परिवार तनावमा छ । घाईतेका श्रीमान झकबहादुर बुढाथोकीले उपचारको सम्पूर्ण खर्च आफैले बेहोर्नुपर्दा समस्या आएको बताए । उनले भने, ‘अहिले सम्म उपचार आफैले गरिरहेका छौं, अस्पतालले धेरै दिन सम्म बस्नुपर्छ भनेको हुँदा समस्या हुने देखियो ।’ उपचारमा सहयोग गरिदिन सबैलाई उनले आग्रह गरेका छन् । केही संघ, संस्थाका मान्छे आएर सोधपुछ गरी फर्केको बुढाथोकीले बताएका छन् ।

Womui
Womui