चुनावको मौका छोपेर भारतबाट सामान तस्करी

199

नेपालगन्ज-चुनावको मौका पारेर भारतबाट सामान तस्करी हुने गरेको खुलासा भएको छ । तस्करी गरेर ल्याएको ठुलो परिमाणको सामान जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेपछि यस्तो तथ्य बाहिर आएको हो । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ धम्बोझीबाट गोदाममा छापा मारेर प्रहरीले बुधबार सुर्तीजन्य बस्तु तथा कपडा बरामद गरेको थियो । उक्त सामान भन्सार छलेर नेपालगन्ज भित्र्याइएको पुष्टी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धम्बोझीका मिना कादु, नहेद गुडिया, सवारा कादु र गौमती गुडियाको घरमा लुकाएर राखिएको उक्त सामानबारे अनुसन्धान भइरहेको बताइएको छ । प्रहरीले बरामद गरेको सामानहरुमा काचो सर्ट पाइन्ट कपडा ४ सय ६१ पिस, कोट पाइन्टको कपडा ४ सय ९२ पिस, लेडिज कुर्ती १०० पिस, विवाहमा प्रयोग हुने कार्ड २२ बण्डल, जाडोमा लगाउने पुरुष ट्राउजर ३ सय ९ पिस, हाइनेक १२ पिस रहेको छ । यसैगरी सुईटर ८८ पिस, सेण्डो ६० पिस, मञ्जन ५ सय २६ वटा बट्टा, पान मसाला ३ सय १२ पिस रहेका छन् । यति ठुलो परिमाणको कपडा बरामद भएको बाँकेमा पहिलो पटक भएको प्रहरीले जनाएको छ । अवैध रुपमा भन्सार छलेर ल्याएको सामान लुकाएर राखिएको विशेष सूचनाको आधारमा प्रहरीले छापा मागरेको हो । तस्करीमा संलग्न व्यक्ति फरार रहेको प्रहीले दाबी गरेको छ ।

Womui
Womui