बाँकेको सीमामा संयुक्त सुरक्षा गस्ती

290

नेपालगन्ज-आसन्न प्रतिनिधी तथा प्रदेशसभाको निर्वाचनलाई दृष्टिगत गर्दै बाँके प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउन थालेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन जिल्लास्थित सुरक्षा निकायले भारतीय सुरक्षा निकायसँग सहकार्य गरी सतर्कता अपनाउन थालेको हो । सीमा पारीबाट हुनसक्ने आवाञ्छित गतिविधी नियन्त्रण गर्न भारतीय सुरक्षा निकाय सशस्त्र सिमा बल एसएसबी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आज बाँकेको सीमामा संयुक्त गस्ती गरेका छन् ।

नेपाल–भारत सिमा क्षेत्रमा संयुक्त रुपमा सुरक्षा गस्ती गरिदै ।

सीमामा हुने विभिन्न आपराधिक गतिविधी र चुनावमा नकारात्मक असर पार्नसक्ने उच्छृंखल तत्वबिरुद्ध निगरानी बढाउन संयुक्त गस्ती गरिएको हो । सशस्त्र प्रहरी बल बीओपी कालाबञ्जरका ईञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक गंगाराम भट्ट, ईलाका प्रहरी कार्यालय हिरमिनियाका ईञ्चार्ज प्रहरी नायव निरीक्षक प्रसाराम केसी र भारतस्थित मुन्सीपुर्वा एसएसबी क्याम्पका ईञ्चार्ज अरबिन्द कुमारको नेतृत्वमा ७/७ जना गरी २१ जनाको टोलीले संयुक्त गस्ती गरेको हिरमिनियाका प्रहरी नायब निरीक्षक केसीले बताए । बुधबार पहिलो चरणमा सिमा स्तम्भ नम्बर २६/१ देखि २७/१५ सम्म गस्ती गरिएको र यसलाई निरन्तरता दिने उनको भनाई छ ।

 

Womui
Womui