आजाद र हमालसँग बेलासपुरबासीको अपेक्षा : ‘चुनाव जितेपछि सडक र ढल समस्याप्रति गम्भिर बन्दिनुहोला’

122

नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुरका स्थानीय बासिन्दाले सडक र ढल समस्याप्रति गम्भिर भईदिन आग्रह गरेका छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधी सभा–२ बाँकेका राप्रपाका उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमालसँग बेलासपुरबासीले बिहीबार यस्तो समस्या सुनाएका हुन् । ‘बेलासपुरको प्रमुख समस्या भनेका ढल र सडक समस्या हुन्, तपाईहरुले हामीले जिताएर पठाएपछि यि समस्या समाधानप्रति गम्भिर हुनुहोला,’ स्थानीय बासिन्दाले भने ।
चुनावमा धेरै थरीका उम्मेदवार आएर उधारो आश्वासन दिने गरेको बताउँदै बेलासपुरका स्थानीयले लोकतान्त्रिक गठबन्धनप्रति आफुहरुको विश्वास कायमै रहेको स्पष्ट पारेका थिए । स्थानीय तहको चुनावमा पनि नेपाली काँग्रेस र राप्रपालाई भोट दिएको बताउँदै उनीहरुले यसपटक पनि आफुहरु साथमै रहेको भन्दै ढुक्क हुन आग्रह गरेका थिए । ‘तपाईहरु योग्य हुनुहुन्छ, अरु उम्मेदवार जस्तो ‘छक्कापञ्जा’ गर्ने खालका तपाईहरु हुनुहुन्न,’ बेलासपुरका अर्का स्थानीयले भने ‘पहिला तपाईहरु जितेर आउनुस्, त्यसपछि मात्र अरु अपेक्षा गरौंला ।’

प्रदेश सभा उम्मेदवार सुरेन्द्र हमाल ।

सो क्रममा प्रतिनिधी सभाका उम्मेदवार आजादले नेपालगन्ज उपमहानगरपालिकाको निर्वाचन जस्तै यसपटक पनि राप्रपा र नेपाली काँग्रेसलाई सहयोग गर्न आग्रह गरेका थिए । बर्षायामको समयमा बेलासपुर क्षेत्रमा हुने डुबान र सडक तथा नालाको समस्या समाधानका लागी नेपालगन्ज उपमहानगरपालिकाले पहल गरिसकेको बताए ।
उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणा र उपमेयर उमा थापामगर बेलासपुरको समस्याप्रति चिन्तित रहेको कुरा सुनाएका थिए । ‘नगरपालिकामा जसरी तपाईहरुले राप्रपा र काँग्रेसलाई जिताउनु भयो, त्यसरी नै यसपटक हामीलाई जिताउनुस,’ आजादले भने ‘यो क्षेत्रको विकासका लागी स्थानीय सरकार, प्रदेश र प्रतिनिधी सभा सदस्यको समन्वयले नै हुने हो ।’ यसका लागी लोकतान्त्रिक गठबन्धनलाई भोट हालेर जिताउन आग्रह गरे ।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा प्रतिनिधी सभा उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभा उम्मेदवार सुरेन्द्र हमाल सहित घरदैलो गर्दै लोकतान्त्रिक गठबन्धन ।

प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार हमालले बेलासपुर आफ्नो माउली ठाउँ भएको बताउँदै यहाँका प्रत्येक व्यक्तिसँग आफ्ना सम्बन्ध गाँसिएको औल्याए । ‘आज तपाईहरुकै भान्जा, छोरा चुनावमा उठेका छौं, अहिले हामीलाई जिताउनु भयो, भने भोलीका दिनमा हामीहरु तपाईहरुदेखी टाढा रहन सक्दैनौं ।’


लोकतान्त्रिक गठबन्धनको उम्मेदवारप्रति बेलासपुर लगायत सिंगो बाँके २ नम्बर क्षेत्रका बासिन्दा सकारात्मक रहेको प्रदेस सभाका उम्मेदवार हमालको भनाई छ । सो क्रममा बेलासपुरमा बसोबास गर्ने कुचबधिया समुदायले आफुहरुलाई थुप्रै पार्टीका उम्मेदवार आएर झुट्टो आश्वासन दिने गरेको खुलासा गर्दै आफुहरुले चुनाव चिन्ह ‘गाई’ र ‘रुख’ लाई मात्र चिनेको बताएका थिए । कुचबधिया समुदायका एक अगुवाले भने, ‘हामीले एक भोट गाई ( आजाद) लाई, एक भोट दाई(रुख)लाई दिने योजना बनाइसकेका छौं, अरु पार्टीलाई हामी चिन्दैनौं ।’

Womui
Womui