प्रदेश सभा उम्मेदवार हमाललाई मतदाताको हौसला

43

नेपालगन्ज– आगामी मंसिर २१ गते हुन लागेको निर्वाचनमा प्रदेश सभा–२ ‘ख’ सदस्यका उम्मेदवार सुरेन्द्र हमाललाई नेपालगन्जका मतदाताले हौसला दिइरहेका छन् । खेलकुद, राजनीति र समाजसेवालाई सँग–सँगै अगाडी बढाउँदै आएका हमालको उम्मेदवारीप्रति आम मतदाताहरु उत्साहित देखिन्छन् ।  केहीदिन यता घरदैलो अभियानमा सक्रियता पुर्वक सहभागिता जनाएका हमाललाई टोल–टोलमा नेपालगन्जबासीले अग्रिम बधाई तथा शुभकामना दिने गरेका छन् । नेपालगन्जको धम्बोझी, वाटरपार्क, विशालनगर क्षेत्रमा मंगलबार घरदैलोका क्रममा भेटिएका सर्वसाधारणले प्रदेश सभा उम्मेदवार हमाललाई अग्रिम बधाई तथा शुभकामना दिएका थिए । ‘सुरेन्द्र दाई तपाईको जित पक्का छ’ भन्दै मतदाताहरु उनलाई हौस्याउँछन् ।

नेपालगन्ज– १ विशालनगर क्षेत्रमा मतदाता भेट्दै लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रदेश सभा ख का उम्मेदवार सुरेन्द्र हमाल ।

खेलकुदका माध्यमबाट नेपालगन्जको परिचय विश्वसामु पु¥याउन सफल भएका ओलम्पियन हमाल टोल–टोलका सर्वसाधारणसँग पनि परिचित छन् । उनले खेलकुदका माध्यमबाट राष्ट्रका लागी थुप्रै पदक र सम्मान दिलाएका थिए । प्रदेश सभा ‘ख’ मा नेपाली काँगे्रेसले हमाललाई उम्मेदवार बनाएपछि उनी राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष पदबाट राजिनामा दिएर चुनावी मैदानमा होमिएका हुन् ।
२०४९ सालको स्थानीय चुनावमा तत्कालिन नगरपालिकाको उपमेयर भएर सफलता पुर्वक काम गरिसकेकाले हमालको पक्षमा जनलहर देखिएको हो । अचेल सडकका चोक, गल्ली तथा चिया पसलमा समेत उम्मेदवार हमालको चर्चा हुने गरेको छ । घरदैलोका क्रममा मतदाताबाट अग्रिम शुभकामना तथा बधाई पाउँदा हमाल मुस्कुराउँदै सहयोगको अपिल गर्छन् ।


दिनहुँजसो मतदातामाझ पुग्ने गरेका उम्मेदवार हमालले ठाउँ–ठाउँमा आफुलाई हौसला मिलेको बताएका छन् । ‘सबै ठाउँमा मतदाताबाट राम्रो रेसपोन्स पाएको छु,’ उनले भने ‘२०४९ देखी २०५४ को बीचमा उपमेयर भएर काम गरेको मुल्यांकन गर्नु भएको रहेछ ।’ आम मतदाताको नजरमा हमाल सरल र सहज व्यक्तिका रुपमा चिनिन्छन् । आन्द्राको क्यासर भएपनि मृत्युलाई जितेर आएका हमालको पक्षमा प्रचार–प्रसार स्वतःस्र्फुत रुपमा हुने गरेको छ ।

Womui
Womui