कँडेलको व्यस्तता : ‘घरदैलोदेखी धार्मिक तथा सामाजिक काममा सक्रिय’

138

नेपालगन्ज–एकिकृत राप्रपा(राष्ट्रवादी)का प्रतिनिधी सभा–२ का उम्मेदवार तेजनारायण कँडेलले चुनावको तयारी स्वरुप भेटघाटलाई तिब्र पारेका छन् । उनले नेपालगन्ज उपमहानगरपािलका र डुडुवा गाउँपालिकाका विभिन्न वडामा दिनहुँजसो घरदैलो, भेटघाट गर्दै आएका छन् । उनले अचेल मतदातालाई भेटेर मत माग्ने देखी विभिन्न धार्मिक तथा सामाजिक काममा समेत आफ्नो उपस्थिती देखाउने गरेका छन् ।

यसैक्रममा उम्मेदवार कँडेलले मंगलबार नेपालगन्ज उपमहानगरपालिका वडा १९ निवासी समाजसेवी एवम् पार्टीका कार्यकर्ता भिखराम खटिकप्रति श्रद्धाञ्जली तथा परिवारलाई समवेदना प्रकट गरे । स्वर्गिय खटिकको पार्थिव शरिरमा एकिकृत राप्रपा(राष्ट्रवादी)का केन्द्रिय सह–प्रवक्ता समेत रहेका उम्मेदवार कँडेलले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पन गरे । सो क्रममा उनले खटिकको निधनले एकिकृत राप्रपा(राष्ट्रवादी)लाई ठुलो क्षति पुगेको बताएका थिए । आसन्न प्रतिनिधी सभा निर्वाचनका लागी कँडेलले आफ्नो प्रचारलाई आक्रामक रुपले अगाडी बढाएका छन् । देशमा अब राजनीतिको नेतृत्व युवाले गर्नुपर्छ भन्ने मान्यता बोकेका कँडेल बाँके क्षेत्र नम्बर २ मा सम्भव त सबैभन्दा कान्छो प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार रहेका छन् ।

Womui
Womui