वाम सरकार बनेपछि निर्णय उल्ट्याउने ओलीको चेतावनी

93

काठमाडाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुढी गण्डकी आयोजनाको निर्माणकर्ता गेजुवा कम्पनी खारेजको निर्णय बाम सरकारले उल्टाउने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा साेमवार आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा अध्यक्ष ओलीले चुनाव गराउने सरकारले शान्ति सुरक्षाको सट्टा लाइसेन्स बाँड्ने र खोस्ने काम गरेको भन्दै त्यसलाई उल्ट्याउने बताए । गत साताको मन्त्रीपरिषद बैठकले बुढी गण्डकी आयोजना बनाउन चीनियाँ कम्पनी गेजुवा गु्रपसँग भएको सम्झौता खारेज गर्ने निर्णय गरेको थियो । सरकारले चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गर्ने निर्णय अनधिकृत भएकाले आगामी सरकारले यसलाई सच्याउने ओलीको भनाई छ ।

-नागरिक न्यूजबाट

Womui
Womui