गगन थापा भन्छन् : ‘कांग्रेस हार्न तयार छ देश हार्नु हुँदैन’

133

बागलुङ- नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसले निर्वाचन हार्दा देश नै हार्ने बताएका छन्। बागलुङको गल्कोटमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेस चुनाव हार्न तयार रहेको तर देशले हार्ने अवस्था आउन नहुने बताए। ‘देश गम्भीर संकटमा जाने स्थीति आउँदा नेपाली कांग्रेसले आफुले हारेर पनि देशलाई बचाएको छ,’ थापाले भने,‘अहिले कांग्रेसले निर्वाचन हारे देश नै हार्ने अवस्थामा छ। त्यसैले अहिले नेपाली कांग्रेसले जित्नुको विकल्प छैन।’

विगतमा पनि कांग्रेसले देशका लागि हार स्वीकार गरेको उनले बताए। ‘२०६४ सालमा हामीले निर्वाचन हार्दैछौं भन्ने थाहा थियो, गिरीजाबाबुले कांग्रेस हार्दा हार्दै पनि निर्वाचन गराउने फैसला गर्नुभयो, त्यतीखेर देशलाई बचाउनुपर्ने थियो,’ उनले भने,‘२०३३ सालमा वीपी कोईरालाले राष्ट्रियताका लागि आफ्नो ज्यानको बाजी लगाएर मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभयो । नेपाली कांग्रेसले जहिले पनि देशलाई अप्ठ्यारो पर्दा आफुले हारेरै भए पनि देशलाई बचाएको छ।’ पहिलो संविधान सभा निर्वाचनपछि बहुमतमा पुगेका कम्युनिष्ट पार्टीले नेतृत्व गरेकार सरकारले जारी गर्न नसकेको संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको जिकीर गरे।

-नागरिक न्यूजबाट

Womui
Womui