लोकतन्त्रको संस्थागत विकासका लागि मत दिन आग्रह

83

कोहलपुर, मंसिर ४ 
बाँके क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनले चुनावी गतिविधिमा बाजी मार्न थालेको छ । आसन्न मंसिर २१ गते हुने निर्वाचनमा संयुक्त वाम गठबन्धनको तुलनामा लोकतान्त्रिक गठनबन्धन चुनावी गतिविधिमा अगाडि देखिएको छ । दैनिक जसो लोकतान्त्रिक गठबन्धनका नेता, कार्यकर्ता र उमेदवारहरु मतदाता भेटघाट, घरदैलो अभियान र चुनावी कोणसभाहरुमा अगाडी देखिएका छन् । जिल्लाको विर्वाचन क्षेत्र नं. १ (क) र (ख) मा लोकतान्त्रिक गठबन्धनले अस्तित्व कायम राख्ने रणनीतिमा जुटेको छ । यता संयुक्त वाम गठबन्धनको चुनावी कार्यक्रमहरु त्यति सार्वजनिक हुन सकिरहेका छैनन् ।

narayan-gaudel-nc

सोमबार निर्वाचन क्षेत्र नं १ (ख) अन्र्तगत् राप्ती सोनारी गाउँपालिका वडा नम्वर ८ मा लोकतान्त्रिक गठबन्धनका पक्षधरहरुले मुलुकलाई राजनीतिक निकास दिन लोकतान्त्रिक शक्तिको विकल्प नरहेको भन्दै चुनावी आमसभालाई सम्बोधन गरेका छन् । लोकतन्त्रका पक्षपातीहरु कुनै पनि अवस्थामा विकास र सम्बृद्विको पक्षमा उभिएको विश्व इतिहास अनुसार नेपाललाई राजनीतिक निकास दिन अब फेरी लोकतान्त्रिक शक्तिहरुले नेतृत्व लिन आवश्यक रहेको निर्वाचन क्षेत्र नं १ (ख) तर्फका प्रदेश सभा उम्मेदवार नारयाण प्रसाद गौडेलले बताए । उनले चुनावी आमसभालाई सम्बोधन गर्दै भने–“लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन हो, यही निर्वाचनलाई हामी माध्यम बनाएर हामी मुलुकलाई निकास दिने पर्यत्नमा छौ ।” उनले लोकतान्त्रिक गठबन्धनले मात्रै मुलुकलाई सही दिशमा मार्ग निर्देशन गर्ने बताए ।

नेपालको राजनीतिक इतिहासमा जे जति ठूला राजनीतिक परिवर्तन भए सबैको अगुवाई नेपाली काँग्रेसले गरेको उनले बताए । नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन नै अहिलेको आवश्यकता रहेको उनको भनाई थियो । यता राप्रपाका केन्द्रिय सदस्य तथा समानुपातिक तर्फका उमेदवार हिक्मत ढकालले लोकतन्त्रलाई आत्मसाथ गर्ने हरेक विवेकशील जनताहरुले तोकतान्त्रिक गठबन्धलाई सहयोग गर्ने विश्वास व्यक्त गर्दै मुलुकको आर्थिक सम्बृद्वि र राजनीतिक निकासको लागि वाम गठबन्धन सफल नहुने धारणा व्यक्त गरे ।

इतिहासमा लोकतन्त्रका पक्षपातीहरुले नै ठूला राजनीतिक परिवर्नतनको नेतृत्व गरेको स्मरण गर्दै उनले भने–“मुलक आज धरासयी बन्दै गएको समयमा लोकतन्त्रवादी राजनीतिक शक्तिहरुले विशेष भूमिका निर्वाह गरेका छन्, अब निर्वाचनमार्फत् सबै जनताले लोकतन्त्रवादी शक्तिहरुलाई बिजयी बनाएर मुलुकलाई सम्बृद्वशाली बनाउन अविभारा सुम्पन आग्रह गरे । चुनावी कोणसभामा नेपाली काँग्रेसका नेता तथा महासमिति सदस्य भानुभक्त भट्टराई, हुर्मत न्यौपाने, ट्रेड युनियन बाँके अध्यक्ष विरेन्द्र शाह, महाधिवेशन प्रतिनिधि लिलमान परियार, कोहलपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष निरज चलाउने लगायत लोकतान्त्रिक गठबन्धन सम्बद्व नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रम नेपाली काँग्रेस राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का सभापति श्रीधर उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो ।

Womui
Womui