काम गर्ने क्रममा करेन्ट लागी एक मजुदरको मृत्यु, एक घाइते

44

महेन्द्रनगर, वैशाख ८-

भीमदत्त नगरपालिका हल्दुखालमा एक मजदुरको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको बेदकोट नगरपालिका धरमपुरका २३ वर्षीय पंकज राना छन् भने धमपुरकै मनोज चौधरी घाइते भएका हुन् ।  हल्दुखालका स्थानीय दीपेन्द्र महराको घर बनाउने क्रममा छतमा सरियाको काम गरिरहेका रानाले समातेको सरियाले  विद्युत प्रसारन लाइन छुँदा उक्त दुर्घटना भएको हो । घटनामा घाइते चौधरीलाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचार गराएपछि उनलाई थप उपचारको लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जानकारी दियो ।

Womui
Womui