निजी विद्यालयले चर्को शुल्क लिएको विरोधमा जिशिकामा तालाबन्दी

50

नेपालगन्ज, वैशाख १५-

निजी विद्यालयले मनाेमानी ढंगले शुल्क लिएको विरोधमा शुक्रबार जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गरिएको छ । निजी  विद्यालयले चर्को शुल्क लिएको विरोधमा  आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरूले देशभरका जिल्ला शिक्षा कार्यालयमा तथा शिक्षा विभागमा तालाबन्दी गरेका हुन् । संगठनको वैशाख १७ गते जिल्ला शिक्षा अधिकारी तथा शिक्षा मन्त्रालयका अघिकारीलाई सार्वजनिक बहिष्कार गर्ने र वैशाख १८ गते सरकारी गाडी चल्न निषेध गरिनेलगायतका आन्दोलनका कार्यक्रम रहेको छ ।

निजी विद्यालयले सरकारी सरकारी मापदण्ड विपरीत शुल्क लिएको र बढी लिइएको शुल्क फिर्ता गर्न दबाब दिने उद्देश्यले आन्दोलनका थप कार्यक्रम घोषणा गरिने अनेरास्ववियुले जनाएको छ ।

Womui
Womui