डाक्टरको लापरबाहीले पाठेघरमै छोडियो कपडा

146

बैतडी, वैशाख २-

डाक्टरको लापरबाहीका कारण जिल्लाकी एक महिलाको पाठेघरमै कपडाकाे टुक्रा छाेडिएको छ। उपक्षेत्रीय अस्पताल डडेल्धुरा सिद्धपुरकी ३८ वर्षीया प्रतिभा भट्टको पाठेघरको ट्यूमरको शल्यक्रिया गर्दा डाक्टरले पाठेघरमै कपडाको चार टुक्रा छोडेका हुन् । गत चैत १२ गते भट्टको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा कार्यरत डा. नवराज जोशीले शल्यक्रिया गरेको दुई–तीन दिनमै भट्टको पेट दुख्ने, पेट फुल्ने र बेहोस हुने भएपछि फेरि जाँचका लागि उपक्षेत्रीय अस्पताल जाँदा सामान्य रहेको बताइएको र दुखाई कम गर्ने सुई लगाइएको थियो । यति गर्दा पनि  पेटको दुखाई बढ्दै गएपछि बिरामीलाई कोहलपुर शिक्षण अस्पतालमा जाँच गराउँदा पाठेघरमै चार टुक्रा कपडा भेटिएको हो । कोहलपुर शिक्षण अस्पतालमा दोस्रो पटक शल्यक्रिया गरेर कपडाका टुक्रा झिकिएको छ ।

डाक्टरको चरम लापरबाहीले ठूलो समस्या निम्त्याएको भन्दै बिरामीका आफन्त आक्रोशित भएका छन् । उनीहरुले लापरबाही गर्ने डाक्टरलाई कारबाही गर्न माग गर्दै क्षतिपूर्तिको माग गरेका छन् ।

Womui
Womui