आयोगले प्रचारका लागि पठाएको सामग्री कब्जा गरी जलाइयो

53

कैलाली, वैशाख ५-

matdata-sikcha

स्थानीय तहको निर्वाचनका लागि पठाएको प्रचारप्रसार सामग्री कब्जा गरी जलाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले कैलाली त्रिशक्ति नगरपालिका लालबोझीमा निर्वाचन आयोगले प्रचारका लागि पठाएको मतदाता शिक्षा नियमावली र नमुनापत्र कब्जा गरी जलाइदिएका हुन् । नेपाल कम्युनिष्ट पार्टीद्वारा घोषित जनसरकार प्रमुख हरिचरण चौधरीले चुनावले संसदीय व्यवस्थाको लुटतन्त्र पुनःस्थापित गर्न चुनाव गर्न लागेकाले आफूहरुले निर्वाचन खारेज गरेको बताउँदै निर्वाचन सामाग्री आफूहरुले जलाएको बताए ।

चुनावमा सहभागी हुन दलहरुले तीव्र रुपमा चुनावी गतिविधि गरिरहेका बेला चुनाव खारेजी अभियान सुरु गरेको नेपाल कम्युनिस्ट पार्टी, मधेसी-थारु पार्टीहरुले पनि चुनाव बिथोल्ने गतिविधि तीव्र पारेका छन् ।

Womui
Womui