दुई चरणमा चुनाव गर्न आयोग तयारःप्रमुख निर्वाचन आयुक्त

74

विराटनगर, चैत ३१-

aayuktaस्थानीय तहको निर्वाचन एेतिहासिक भएको भन्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मताधिकार प्रयोग गर्ने वातावरण सुनिश्चितता भए दुई चरणमा निर्वाचन गराउन आयोग तयार रहेकाे बताएका छन् ।  उनले जनताले आफ्नो मताधिकार मार्फत आफ्ना जनप्रतिनिधि चयन गर्ने अवसरलाई राजनीतिक रुपमा समाधान गर्न सकिने अवस्था अाए दुई चरणमा चुनाव गर्न आफूहरु तयार रहेको बताएका हुन् ।

निर्वाचन आयोगले विराटनगरमा संचालन गरेको निर्वाचन अधिकृतहरुको प्रशिक्षण कार्यक्रमपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त यादवले राजनीतिक समस्या समाधानको लागि सरकारलाई पहल गर्न पनि आग्रह गरे ।

 

त्यस्तै प्रमुख आयुक्त यादवले सेनाको बलमा स्थानी तहको निर्वाचन गराउने पक्षमा आयोग नरहेको पनि प्रष्ट्याएका छन् । सुरक्षाको जिम्मा सरकारको रहेको बताउँदै उनले निर्वाचनको सुरक्षा प्रहरी र सशस्त्र प्रहरीकै सुरक्षा घेरामा हुने र उनीहरुको सपोर्टका लागि सेनाको सहभागिता रहने बताए।

Womui
Womui