‘नेपाली झण्डा नेपालको शान ’

229

नेपालगन्ज, १ वैशाख-               

flag-festivalनेपालगन्जस्थित रामलीला मैदानमा राष्ट्रिय झण्डा दिवस मनाइएको छ । इभेन्ट म्यानेजमेन्ट क्षेत्रमा क्रियाशील रहँदै आएको अन्तरालको व्यवस्थापनमा राष्ट्रिय झण्डा दिवस मनाइएको हो । दिवस मनाउने क्रममा वरिष्ठ पाइलट तथा कलाकार विजय लामाले अाफू राष्ट्रिय ध्वजावाहक विमानमा विदेश जाँदा निक्कै सम्मान पाएको सुनाउँदै उनले भने,‘ झण्डामा अंकित सूर्यमा सम्पूर्ण ब्रह्माण्ड अडेकाले यसको आफ्नै विशेषता र महत्व छ ।’ पाइलट लामाले  नेपाली झण्डा फेर्नु पर्ने आवाज बेलाबखत उठ्ने गरेकाले यस्तो आवाज उठाउने चिर निद्रामा बर्बराएको बताए ।

झण्डा नेपालीको एकताको प्रतीक भएकाे बताउँदै कार्यक्रम व्यवस्थापन अन्तरालका टिम लिडर जयनारायण शाहले झण्डाले नेपालीलाई वर्षमा ३ सय ६५ दिन नै संसारमा चिनाउने भएकाले हामीले पनि वर्षमा १ दिन राष्ट्रिय झण्डाको लागि समय दिनु पर्नेमा जोड दिएका थिए ।

गत वर्षदेखि नेपालगन्जमा झण्डा दिवस मनाउन सुरु गरिएको हो ।

 

Womui
Womui