मधेसी मोर्चाको ‘निर्वाचन’ वहिष्कार गर्ने निर्णय

26

काठमाडौं, चैत ३०-

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आगामी वैशाख ३१ गते हुने निर्वाचन वहिष्कार गर्ने निर्णय गरेको छ ।  मधेसी मोर्चाले उठाएका मुद्दा जबसम्म सम्बोधन हुँदैनन् तबसम्म निर्वाचनमा सहभागी नहुने भन्दै विरोध स्वरुप आन्दोलनमा जाने निर्णय मधेसी मोर्चाले गरेको हो ।

‘मोर्चा र संघीय गठबन्धनले सरकारसमक्ष पेस गरेको ११ र २६ बुँदे मागअनुसार मधेसी, आदिवासी, जनजाति, दलित, थारु, मुस्लिमलगायत सीमान्तकृत समुदायले उठाएका मुद्दाहरूलाई ‘संविधान संशोधन’ गरी सम्बोधन नगरुञ्जेल आन्दोलन निरन्तर जारी रहनेछ,’ मोर्चाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यो अवस्थामा हुने निर्वाचनमा मोर्चा सहभागी नहुने निर्णय गर्दछ।’

त्यस्तै मोर्चाले आफ्ना गठबन्धनले उठाएकाे मुद्दा सम्बोधन गराउन आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ । जसअनुसार चैत ३१ गते मधेसका सबै जिल्ला सदरमुकाममा जुलुस प्रदर्शन र ३ गते जिल्लास्थित निर्वाचन कार्यालय घेराउ गरिने विज्ञप्तिमा उल्लेख छ।

Womui
Womui