नयाँ वर्षको अवसरमा टेलिकमको बोनससहितको अफर

58
नेपालगन्ज, चैत ३०-
ntc-logo नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले बोनससहितको अफर ल्याएको छ । टेलिकमले नयाँ वर्षको अवसरमा रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक ल्याइएको टेलिकमले जनाएको छ।
 रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई एमपिओएस तथा रिचार्ज कार्ड मार्फत १ सय र २ सयको कार्ड प्रयोग गर्दा १० प्रतिशत बोनस पाउने छन्।  त्यस्तै ५ सय र १ हजारको रिचार्ज कार्ड प्रयोग गर्दा १५ प्रतिशत बोनस उपलब्ध हुनेछ। यसको भ्यालिडिटी तीन दिनको हुनेछ। यसरी उपलब्ध गराइने रिचार्ज बोनस चैत ३० देखि बैशाख १३ गतेसम्म लागू हुनेछ।  डाटा प्याकेज अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई चैत ३० देखि बैशाख २८ गतेसम्म लागू हुने गरी अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइएको छ।  अल टाइम डाटा प्याकेज अन्तर्गत कर सहित १ सय, २ सय र ३ सयमा ३० दिनको भ्यालिडिटी सहित चौबिसै घण्टा प्रयोग गर्न मिल्ने गरी क्रमशः ४ सय, साढे ८ सय एमबी र १५ सयको एमबी डाटा भोल्यूम उपलब्ध गराइनेछ।
 त्यस्तै नाइट डाटा प्याकेज अन्तर्गत कर सहित २ सय र ३ सयमा ३० दिनको भ्यालिडिटी सहित राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी क्रमशः ३ जिबी र ६ दशमलव ५ जिबी डाटा भोल्यूम उपलब्ध गराइनेछ। यो अफर अन्तर्गत डाटा सेवाको मूल्य प्रति एमबि ४.५ पैसा देखि २५ पैसा मात्र पर्नेछ।
Womui
Womui