आज साँझ सरकारले प्रकाश अर्याललाई आइजी नियुक्त गर्ने

38

काठमाडौं, चैत-

igp-prakash-aryal

सोमबार आज साँझ डिआइजी प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरीक्षकमा सरकारले नियुक्त गर्ने भएको छ । सिंहदरबारमा जारी मन्त्रिपरिषद्को बैठकले आज साँझ अर्याललाई अाइजीपीमा नियुक्त गर्ने भएको हो ।  अदालतले जयबहादुर चन्दलाई आइजीपीमा नियुक्त गर्ने सरकारी निर्णय बदर गरेपछि वरिष्ठता र मूल्यांकनका आधारमा अर्याललाई नियुक्त गर्न लागिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। आइजीपी नियुक्त गर्नका लागि  ४ जना डिआइजीहरुको ४ वर्षको मुल्यांकन फाइल गृहले मन्त्रिपरिषद बैंठकमा पठाएको छ। सोही फाइलका आधारमा सरकारले नियुक्त गर्न लागेको हो।

Womui
Womui